गुरु नानक मठमा आतंक
प्रकाशित मिति
२०७६ जेष्ठ २२ गते, बुधबार १२:३५
सचिता बुढाथोकी ,
काठमाडौं। काठमाडौंको बालाजुमा रहेको प्राचिन पुरातात्विक महत्व बोकेको गुरु नानक मठको पश्चिम गेटमा रहेको मसलाको रुख काटिएको भन्दै आपत्ति जनाईएको छ ।

गुठीमा रहेका गुरु र शिष्यहरुले अनावश्यक रुपमा पुरातात्विक महत्व बोकेको रुख काटिएको भन्दै आपत्ति जनाएका हुन । केही ब्यत्तिहरुले बाटो बढाउने भन्दै मठको पश्चिम गेटमा रहेको मसलाको रुख काटेको निममुनि महाराजले जानकारी दिनुभयो ।

गुठी संस्थानद्धारा संचालित स्रोहखुट्टे र बालाजुको बिचमा रहेको गुरु नानक मठमा केही दिनदेखि यस्ता क्रियाकलाप हुदा गुरु र शिष्य त्रसित भएका छन । मठ तथा गुठीमा आतंक फैलाउने , सरकारी जग्गा हड्प्न खोज्ने गतिविधी भैरहेको छ ।
गुठीमा खुकुरी, तरवार समेत प्रदर्शन गरि गुठीमा रहेका गुरु र शिष्यहरुलाई तर्साउने, धम्क्याउने गर्दै आएको बताईएको छ । सो मठ प्राचिनकाल देखि हिन्दु परम्परागत रुपमा चल्दै आएको छ । मठको नाममा गुरु नानक भएको भन्दै केही समुहले दुख दिने गरेको बताईएको छ ।




प्रतिकृया