• ४ साउन २०८३, सोमबार
  • १:५६ बिहान

रियल मड्रिडले ल्यायो कीर्तिमानी युवा स्टार

प्रकाशित मिति

२०७६ जेष्ठ २२ गते, बुधबार १२:३०

रियल मड्रिडले फ्राङ्कफर्टका स्ट्राइकर लुका जोभिचलाई अनुबन्ध गरेको छ । २१ वर्षे सर्वियन स्ट्राइकरलाई रियलले ६ वर्षका लागि अनुबन्ध गरेको हो ।

उनलाई कति रकममा अनुबन्ध गरिएको छ भन्ने खुलाइएको छैन । जोभिचलाई गत अप्रिलमा मात्र फ्राङ्कफर्टमा स्थायी अनुबन्ध गरेको थियो । त्यसअघि उनलाई बेन्फिकाले लोनमा पठाएको थियो । सर्वियाबाट चार अन्तर्रा्ष्ट्रिय खेल खेलेका लुका जोभिचले यो सिजन जर्मन क्लबका लागि ४८ खेलमा २७ गोल गरेका थिए ।

Kamana Sewa

युरोपा लिगमा उनले १० गोल गरेका थिए । जसका कारण उनी युरोपाल लिग उत्कृष्ट एघारमा स्थान बनाउन सफल भए । दुबै क्लबले ट्रान्सफर रकम नखुलाउने सहमति गरेपनि उनलाई रियलले ५० मिलियन पाउण्डभन्दा बढी रकम खर्च गरेको बताइएको छ ।
२१ वर्षे जोभिचले युवा करियर सर्वियन क्लब रेडस्टार बेल्ग्रेडबाट शुरु गरे । १६ वर्षको उमेरमा उनले क्लबको इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाए ।

Classic Tech Desktop

सन् २०१७ मा उनले पोर्चुगिज क्लब बेन्फिकाबाट सिनियर करियर शुरु गरे । सोही वर्ष बेन्फिकाले उनलाई लोनमा जर्मन क्लब फ्राङ्कफर्टमा पठायो । सन् २०१७–१८ को जर्मन घरेलु लिग पोकलको सेमिफाइनलमा शाल्कालाई हराउँदा उनको गोल निर्णायक बनेको थियो । फाइनलमा उनले टिममा स्थान बनाउन नसकेपनि उनको क्लबले उपाधि भने जित्यो ।

२० वर्षको उमेरमा जोभिच बुण्डेस लिगको एउटै खेलमा पाँच गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाउन सफल भए । अघिल्लो वर्ष लिगमा फोर्टुना डुसेलडर्फ्विरुद्धको फ्राङ्कफर्टले ७–१ को जित निकालेको थियो । १८–१९ को सिजनमा उनी पूर्ण रुपमा फ्राङकफर्टमा आबद्ध भए ।

राष्ट्रिय टिमबाट उनले जम्मा ४ खेले खेल्दै एक गोल गरे । उनले यसै वर्ष मार्चमा भएको जर्मनीविरुद्धको मैत्रिपूर्ण खेलमा गोल गरेका थिए ।

प्रतिकृया