• ३१ भदौ २०८३, बुधबार
  • ७ः२४ बेलुका

ललित स्मृती यू-१८ फुटबलका लागि थ्रीस्टारको पहिलो चरणको टिम घोषणा

प्रकाशित मिति

२०७६ जेष्ठ २२ गते, बुधबार १२:२४

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा यहि जेठ २९ गतेबाट हुन लागेको ललीत स्मृती यू–१८ फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो चरणको टिम घोषणा गरेको छ ।

National Life

सातदोबाटो स्थित एन्फा मैदानमा हुने प्रतियोगिताका लागि थ्रीस्टारले पहिलो चरणमा ३१ खेलाडी छनोट गरेको छ । जसमा गोलकिपरमा सुरज ठोकर, चन्द्र घले, सुगम मान रहेका छन । यस्तै डिफेन्डरमा सन्दिप मगर, विजय श्रेष्ठ, सचिन लामा, निशान सलामी, आकाश नापित, सुनील कमल, प्रान्स मान, अर्जुन बिक, सागर श्रेष्ठ, अंसमान श्रेष्ठ छन ।

मिडफिल्डमा बिवसराज माझि, समय राइ, दिनेश ठकुरी, सुजल श्रेष्ठ, निर्मल समुन मगर, सञ्जिव लामा, दिपसान श्रेष्ठ, ओसेन्द्र कटुवाल, विशाल राई, मानिक श्रेष्ठ, सिमसोन मोती, सुजल गुरुङ, सुनील तामाङ छन ।

Classic Tech Mobile
Classic Tech Desktop

स्ट्राइकरमा सन्दीप कार्की, अभिशेख कार्की, दावा थिङ, सुमन श्रेष्ठ रहेका छन । कुल १४ टिमको सहभागिता रहेको यो प्रतियोगिता स्वर्गिय बरिष्ट उपाध्यक्ष ललित श्रेष्ठका स्मृतीमा हुदै आएको छ ।

प्रतिकृया