• ४ साउन २०८३, सोमबार
  • २:४८ बिहान

शुक्लाफाँटाका १२ औषधि पसलमा अनुगमन, दुई वटामा शिलबन्दी

प्रकाशित मिति

२०७६ जेष्ठ २२ गते, बुधबार ११:४४

औषधि व्यवस्था विभागले शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारका औषधि पसलहरुमा अनुगमन गरेको छ। शुक्लाफाँटा नगरपालिका, इलाका प्रहरी कार्यालय झलारीको समन्वयमा औषधि विभागको टोलीले मंगलबार अनुगमन गरेको हो।

औषधि व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी अधिकृत विजय कार्कीको नेतृत्वमा झलारीका १२ औषधि पसल र फार्मेसीमा अनुगमन गरिएको थियो। औषधि व्यवस्था विभागले झलारीको ठकुल्ला फार्मेसी, अशोक मेडिकल, झा मेडिकल, खडायत मेडिकल, जीवन मेडिकल, कार्की मेडिकल, प्रख्यात मेडिकल, शुक्लाफाँटा किल्निक, न्यु झलारी किल्निक, वीर क्लिनिक, शिवशक्ति मेडिकल र बाशुलिङ एग्रो भेटमा अनुगमन गरेको हो।

Kamana Sewa

अनुगमन गर्ने क्रममा २ वटा औषधि पसल शिलबन्दी गरिएको छ। झलारीको अशोक मेडिकल र बासुलिङ एग्रो भेटमा शिलबन्दी गरिएको औषधि विभागका फार्मेसी अधिकृत विजय कार्कीले बताए। उनका अनुसार मेडिकलले दर्ता नभएको औषधि सञ्चय गरेकाले शिलबन्दी गरिएको हो।

Classic Tech Desktop

औषधि पसलको अनुगमन भइरहेको थाहा पाएपछि वी क्लिनिक र शिवशक्ति मेडिकलका सञ्चालक पसल बन्द गरेर भागेको उनले बताए। उनीहरुलाई कारबाहीको लागि विभागीय पत्र काटेको फार्मेसी अधिकृत कार्कीले बताए।

अनुगमनको क्रममा भेटिएका केही औषधि पसलमा बिल चुस्त दुरुस्त नभएको, पसल दर्ता प्रमाणपत्र नवीकरण नगरिएको, म्याद सकिएका औषधि बिक्री वितरण गरिएको, औषधि मिश्रित राखिएको, नेपाल सरकारबाट प्रतिबन्धित औषधि बिक्री गरिएको फेलापरेको छ।

स्वास्थ्य  खबर पत्रिका बाट साभार

प्रतिकृया