• ३ साउन २०८३, आइतबार
  • ९:१८ बिहान

एक शब्दको प्रयोगले बनाउँछ सुमधुर सम्बन्ध : कसरि बनाउने त् सुमधुर सम्बन्ध ?

प्रकाशित मिति

२०७६ जेष्ठ २२ गते, बुधबार ११:२९

सबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ । सम्बन्ध पनि त्यस्तै हो, एक – अर्कालाई केरकार बढी गरियो भने भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ भने स्वतन्त्र छोडिदियो भने कता पुगिसक्छ थाहा नै हुदैँन । त्यसैले जीवन जति संवेदनशील छ सम्बन्ध पनि उत्तिकै छ ।

आजभोलि सम्बन्धहरु नाजुक बन्दै गइरहेका छन् । प्रविधि र विज्ञानको विकासले मानिसलाई अनावश्यक आवश्यकता र तनावतिर डोर्याइरहेको छ । मानिसहरु के कारणले सम्बन्धमा दरार आउँदै छ भन्ने कुरातर्फ कहिल्यै ध्यान दिदँैनन् तर सम्बन्ध बिग्रिएकोमा भने गुनासो गर्दै हिँड्छन् ।

Kamana Sewa

सम्बन्धमा तित्तता आउनुमा एक अर्काबीच हुने संवाद मुख्य हुने एक अध्ययनले देखाएको छ । मानिसहरुको बोलीले उनीहरुको सोचाई दर्शाउँछ । उनीहरु जस्ता शब्दहरु प्रयोग गरिरहेका हुन्छन्, ती शब्दहरुले मानिसको सोच्ने क्षमता कस्तो छ भन्ने पत्ता लाग्ने अध्ययनमा उल्लेख छ ।

Classic Tech Desktop

क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अध्ययनले जुन सम्बन्धमा जोडीले ‘म’ सट्टा ‘हामी’ शब्द प्रयोग गर्छन् ती जोडीको सम्बन्ध निकै राम्रो भएको बताएको छ । ति मानिसहरु आफूलाई आफ्नो साथीको नजिक भएको महसुस गर्ने बताइन्छ ।

उक्त अनुसन्धानको लागि ३० वटा अध्ययन गरिएको थियो । जसमा ५ हजार प्रतियोगी सहभागी भएका थिए । अध्ययनपूर्व सहभागीहरुको व्यवहार, सम्बन्ध, खुशी साथै शारीरिक र मानसिक स्वास्थ्य स्थितिको विषयमा अध्ययन गरिएको थियो ।

अध्ययनले पार्टनरबीच हुने कुराकानीका क्रममा जो ‘हामी’ शब्दको प्रयोग गर्छन् ति व्यक्तिहरु निकै खुशी भएको पाइयो । वास्तवमा ‘हामी’ शब्दको प्रयोग गर्नेहरु एक–अर्काप्रति समर्पित हुने र हरेक पलमा साथ दिने गर्छन् । उनीहरु आफ्ना पार्टनरको ख्याल राख्ने गर्छन् । उनीहरु एक–अर्कालाई पाएकोमा खुशी महसुस गर्छन् र सम्बन्धमा सधैँ न्यायोपन ल्याइराख्छन् ।

श्रीमान र श्रीमती बीचको सम्बन्ध सुमधुर बनाउने उपायहरु :

श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको बीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । जीवन साथीबिचको समबन्ध राम्रो भएन भने जीवन असहज बन्छ । त्यसैले पनि श्रीमान् श्रीमतीबीचको सम्बन्ध सुमधुर हुन आवश्यक हुन्छ।

– श्रीमान वा श्रीमतीलाई माया देखाउनुहोस् । सँधै दयालु र मायालु भएर प्रस्तुत हुनुहोस् ।

– आफ्नी श्रीमतीले परिवारका लागि के गरिरहेकी छिन्, त्यसका लागि सँधै प्रशंसा गर्नुहोस् । श्रीमतीले पनि आफ्नो श्रीमानले गरिरहेको कामको लागि प्रंशसा गर्नुहोस् । सँधै यो भएन, त्यो भएन भनेर गुनासो मात्रै नगर्नुहोस् ।

– कुनै पनि निर्णय गर्नुपर्दा सँधै समझदारीमा गर्नुहोस् । यस्ता महत्वपूर्ण निर्णयहरु गर्दा एउटा परिवार भएर गर्नुहोस् । हामीले हाम्रो निर्णय अरुमाथि थोपार्ने बानी त्याग्यौँ भने परिवारिक सम्बन्ध सुमधुर हुन्छ ।

– श्रीमान-श्रीमती बीचको सम्बन्ध सुमधुर बनाई राख्न तपाई कहिल्यै पनि कुनै पनि हिसाबले आवेशमा आएर गलत ब्यवहार नगर्नुहोस् । भावनात्मक, मानसिक तथा शारीरिक कुनै पनि दृष्टिकोणले आफुलाई सँधै शान्त राख्नुहोस् ।

– श्रीमान र श्रीमती भन्दा पनि एक अर्काको साथी भएर प्रस्तुत हुनुहोस् । हामी सँधै एउटै घरमा बस्छौँ तर, एकअर्काको बारेमा केही थाहा हुँदैन । यस्तो हुँदा सम्बन्ध लामो समय टिक्दैन र रमाईलो पनि हुँदैन । त्यसैले साथी जस्तो गरी एक अर्काको कुराहरु थाहा पाउनुहोस् ।

– कहिलेकाहीँ गल्ती हुन सक्छन् । ती गल्तीहरुको महशुस गर्नु आवश्यक हुन्छ । आफ्नो गल्ती नस्विकार्ने बानीले सम्बन्धमा असर गर्छ ।

– सम्बन्धलाई सुमधुर राख्न नियमित कुराकानी र सम्पर्क आवश्यक हुन्छ । श्रीमान श्रीमतीले सँधै एकअर्काबीच कुराकानीलाई जारी राख्नुपर्छ । समस्या छन् भने छिट्टै दुबै जनाको सहमति र कुराकानीमा समाधान गर्नुपर्छ ।

– पुरानो कुरालाई लिएर कचकच नगर्नुहोस् । यसले सम्बन्धमा झन् तनाब लिएर आउन सक्छ ।

– अरुको सेवासुबिधासम्पन्न जीवनशैली देखेर ईश्या लाग्नु स्वभाविक हो । तर, यसले सम्बन्धमा दरार ल्याउन सकिन्छ । सँधै आफुभन्दा तल्लो आर्थिकस्तर भएका मानिसलाई हेरेर आफ्नो दैनिक चलाउनुहोस् ।

– आफु के बोल्दैछु भन्ने कुरामा सँधै सचेत रहनुहोस् । तपाई तनाब या दुखी भएको बेलामा जे पनि बोल्न सक्नुहुन्छ । तर, त्यस्तो हुन नदिनुहोस् । तपाई रिसाएको बेलामा जे पनि बोल्न सक्नुहुन्छ जसले गर्दा सम्बन्धमा सँधैका लागि दरार आउन सक्छ । बरु, रिस नमरुन्जेल चुप लागेरै बस्नुहोस् ।

आफन्तहरूसँगको सुमधुर सम्बन्ध :

नयाँ वर्ष किन

नयाँ वर्ष मलाई निकै मन पर्छ। म आफ्नो परिवारसँग निकै रमाइलो गरी मनाउँछु। मीठा-मीठा परिकार बनाएर म आफ्नो परिवारका सबैलाई खुवाउँछु। रातो टीका लगाएर सबैलाई नयाँ वर्षको शुभकामना दिन्छु। नयाँपन ल्याउने भएकाले मलाई नयाँ वर्ष मनाउनुपर्छ जस्तो लाग्छ।

मनका कुरा

हाम्रो सबैभन्दा महत्वपूर्ण कुरा भनेकै परिवार हो। म परिवारलाई निकै महत्व दिन्छु। परिवार राम्रो बने समाज अनि देश राम्रो बन्छ। १२ महिनामा १ महिना परिवारका लगि दिइयो भने यसले परिवारमा राम्रो वातावरण सिर्जना हुन्छ। हामीले अरू कुरालाई भन्दा परिवारको सम्बन्धलाई महत्वपूर्ण स्थान दिनुपर्छ।

नयाँ वर्षले जीवनमा नयाँ उत्साह, उमङ्ग तथा आत्मीयता भित्र्याउँछ। सुमधुर सम्बन्ध विस्तारका लागि नयाँ वर्षमा अरू उत्तम उपाय के होला ? पुरानो बिगि्रएको सम्बन्धलाई अघि बढाउन नयाँ वर्षले उपयुक्त वातावरण प्रदान गर्छ। त्यसमा पनि अहिलेका मानिस व्यस्त छन्। एक-आपसमा घरपरिवारलाई नै समय दिन नसकेको अवस्थामा नयाँ सम्बन्ध सुधारका लागि अनुकूल वातावरण प्रदान गर्छ। १२ महिनामा एक वर्षका लागि परिवारलाई दिन सके सम्बन्धमा मधुरता छाउँछ।

इगो त्याग्ने

सम्बन्ध बिग्रनका लागि इगो सबैभन्दा खराब कुरा हो। इगोले सम्बन्धमा नराम्रो असर पर्छ। त्यसैले मीठो सम्बन्धका लागि इगो त्याग्नु नै वेश हुन्छ। आफ्नो सम्बन्धका बीचमा इगोलाई कहिल्यै आउन दिनु हँुदैन।

सरीको प्रयोग

सुमधुर सम्बन्धका लागि जति सक्यो सरी शब्द प्रयोग गर्नुपर्छ। सरी भन्दैमा कोही ठूलो तथा सानो हुँदैन। आफ्नो गल्तीमा माफी माग्न तथा त्यसलाई सुधार गर्नमा ढिलो गर्नु हुँदैन। यसले सम्बन्धमा अझ असर पुर्‍याउँछु। त्यसैले माफी माग्न ढिलो गर्नु हुँदैन।

एक-अर्कालाई बुझौं

राम्रो सम्बन्धका लागि एक-अर्कालाई राम्रोसँग बुझ्नु आवश्यक छ। यसका लागि एक-अर्काको राम्रो बानीको प्रशंसा गर्नुपर्छ। नराम्रो बानी छ भने त्यसलाई विस्तारै चेन्ज गर्न सकिन्छ। त्यसैगरी एक-अर्काको रुचि, मन पर्ने कुरा, मन नपर्ने कुरा आदिका बारेमा राम्रोसँग बुझ्नुपर्छ।

समय दिने

अहिलेको व्यस्त समयमा सबैभन्दा कठिन कार्य परिवारका सबै सदस्यलाई समय दिनु भएको छ। कामको व्यस्तताले धेरैले आफ्ना घरका सदस्यलाई भने अनुकूल समय दिन सकिरहेका हुँदैनन्। यसका लागि परिवारका सदस्यलाई समय दिनु आवश्यक छ। किनभने उचित समय दिन नसकेको खण्डमा परिवारका सदस्यका बीचमा दूरी बढ्छ। यसले सम्बन्धमा चिसो ल्याउँछ। त्यसैलै सधै नसके पनि एक हप्ता अथवा एक महिनाको समय आफ्नो परिवारका लागि छुट्याउनुपर्छ।

मिलनसार बनौं

परिवार तथा साथीभाइका बीचमा राम्रो व्यवहार गर्नुपर्छ। स-साना कुरामा रिसाउनु वा झर्किनु हुँदैन। यसले सम्बन्धमा कटुता ल्याउँछ। परिवारका बीचमा मीठो सम्बन्ध कायम राख्न परेको बेलामा सधैं सहयोग गर्नुपर्छ। जस्तोसुकै परिस्थितिमा पनि एक-अर्काका लागि सहयोगी वातावरण निमार्ण गर्नुपर्छ। यसले सम्बन्धमा मधुरता ल्याउँछ।

प्रतिकृया