• १६ भदौ २०८३, बुधबार
  • १२:४१ बेलुका

बाढीपीडितका लागि सन नेपाल लाइफ इन्स्योरेन्सको रु. ६० लाख सहयोग

प्रकाशित मिति

२०८३ भाद्र १७ गते, बुधबार ११:२५

काठमाडौं । बाढीपीडितका लागि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रु. ६० लाख सहयोग गरेको छ । भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीबाट प्रभावित पक्षहरुलाई उद्दार राहत र पुनस्थापनामा सहयोग पुराउन सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साठी लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले अर्थमन्त्री डा. स्वर्णिम बाग्लेमार्फत प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा रु. ६० लाख रुपैयाको चेक हस्तान्तरण गरेका थिए ।

Kamana Sewa

साथै सो कार्यक्रममा कम्पनीका सञ्चालक शसांक अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेलको समेत उपस्थिति रहेको थियो ।हस्तान्तरण कार्यक्रममा विपद्मा परी मृत्युवरण भएका मृतकका परिवारजनहरु प्रति गहिरो समवेदना प्रकट गर्दै मृतकका आत्माको चीर शान्तिको कामना गरिउको थियो । साथै घाईतेहरुको शीध्र स्वास्थ्य लाभको कामना गर्दै यस आर्थिक सहयोगबाट कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय विपदको सामना गर्न र पीडित परिवारलाई राहत वितरण तथा पुनस्थापनाको कामका थप टेवा पुग्ने विश्वास लिईएको छ ।

Classic Tech Desktop

प्रतिकृया