• ४ साउन २०८३, सोमबार
  • १:५८ बिहान

निजी विद्यालयहरु जोगी बन्नको निम्ति विद्यालय चलाएको होइन – अध्यक्ष खड्का

प्रकाशित मिति

२०७६ फाल्गुन ६ गते, मंगलवार ०६:४४

वि.स. २०५६ सालमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेस्नल प्याबसन) संस्थाको स्थापना भएको हो । विगत २० वर्ष देखि निजी विद्यालयको लगानी सुरक्षाको निम्ति, उनीहरुको हकहितका लागि वकालत गर्दै आएको छ, नेस्नल प्याबसनले । आमरुपमा संगठनको आवश्यकताको महसुुुस भएर लगानीको सुरक्षा सँगसँगै कर्मचारी, विद्यार्थी, शिक्षक, आम जनसमुदायलाई शैक्षिक रुपमा सुरक्षित प्रत्याभुति गराउन सक्ने हैसियतले नेस्नल प्याबसनको स्थापना भएको हो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौंका जिल्ला सचिब तथा कागेश्वरी मनोहरा नगरपालिकाका अध्यक्ष अमृत कुमार खड्काले निजी विद्यालयको गुणस्तरीय, व्यवहारीक, व्यवस्थापकीय शिक्षाको निम्ति काम गर्दै आउनु भएको छ । यसै सेरोफेरोमा आधारीत रही उहाँसँग गरिएको कुराकानी:

Kamana Sewa

तपाईं काठमाडौं जिल्लाको सचिब र नगरको अध्यक्ष, तपाईको कार्यकालमा एन प्याबसनले के काम गरिरहेको छ ?
देश संघीय संरचनामा गई सकेपछि राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याबसन)ले पनि आफ्नो संगठन बिस्तार गर्दा केन्द्र, प्रदेश र स्थानीय विशेष तीन तहमा आफ्नो सबै सांगठनिक निकायहरु निमार्ण गरिसकेको छ । त्यस मध्यको काठमाडौं जिल्लाको पहिलो नगरपालिका कार्यक्षेत्र कागेश्वरी मनोहरा नगरपालिकामा नेस्नल प्याबसनले आफ्नो संगठन बिस्तार गर्ने क्रममा यहाँको जिम्मेवारी संगठनले मलाई दिएको छ ।

Classic Tech Desktop

नेसनल प्याबसन काठमाडौं जिल्ला समितिको सचिबको रुपमा काम गरिराखेको छु । नेस्नल प्याबसनको बारेमा भन्नु पर्दा हामीले खुलेरै कुरा गर्नु पर्ने हुन्छ । राष्ट्रिय रुपमा निजी विद्यालयका अहिले दुईवटा संस्थागत संगठनहरु छन्: एउटा प्याबसन अर्को भने नेसनल प्याबसन रहेका छन् । अब यसको केही फरक कुराहरु पनि छन् । यसको केही फरक उदेश्यहरु पनि छन् । यसले गर्ने गतिविधीहरु पनि छन् । सुरुवाती दिनहरुमा एउटै थिए तर पछि यसका उदेश्य, व्यवहारले गर्दा, निजी विद्यालयसँग केही परिस्थितिले गर्दा केही थप समस्या रहेको थियो । त्यस कारण नेस्नल प्याबसनको जन्म भयो ।

आज नेसनल प्याबसनले विशेष गरी कम्पनीसँग आवद्ध रहेर विद्यालयको हितको लागि काम गर्दछ । निजी विद्यालयमा जस्ले आफ्नो निजी लगानी गर्नु भएको छ, उहाँहरुको लगानीको सुरक्षाका निम्ति, ग्यारेन्टीका निम्ती र लगानी गरेको शेयर होल्डर, लगानीकर्ताको सम्पतिको सुरक्षाका निम्ति नेसनल प्याबसनले वकालत गर्छ, जुन कुरा कम्पनीबाट मात्र सुरक्षित हुन सक्छ । तर प्याबसनले गुठीमा संचालित भएको साझेदारी कार्यक्रममा मात्र संचालन भएको विद्यालयलाई मात्र लगानी गर्ने जसका कारण हेर्ने लगानीकर्ताको सम्पत्ति, उहाँहरुको हकहितका लागि गर्न सक्दैन । त्यो चाँही नेपाल सरकारको गुठीको नियममा चल्ने हुन्छ । यसका लागि पनि हामीले विषेश गरि नेसनल प्याबसनको आवश्यकता महसुुस गरेर लगानीको कुरालाइर्, त्यसमा काम गर्ने कर्मचारी र त्यसका लगानीकर्ताहरुको सम्पत्ति सुरक्षणका लागि पनि नाफाघाटाको कुरा सँगसँगै जोडेर व्यवस्थापन गर्नका लागि नेस्नल प्याबसन कृयाशिल रहेको छ ।

निजी विद्यालयलाई नियम सहित नियन्त्रण गर्नका लागि नेस्नल प्याबसन बनेको हो ?
अब नियन्त्रण गर्न भनेर भन्न मिलेन, नियमन भन्न पर्यो । नियन्त्रण भन्दा पूर्ण रुपले त्यसलाई बन्द गर्ने, बन्देज गर्ने भन्ने हुन्छ । तर नेसनल प्याबसनले कुनै अर्को संघ संठनलाई बन्देज गर्नको निम्ति, सरकारको नीति–नियमलाई उलंघन गर्नका लागि पक्कै पनि नेस्नल प्याबसनको स्थापना भएको होइन ।

नेस्नल प्याबसनले शिक्षा क्षेत्रमा त्यसमा पनि निजी लगानीबाट भएको शिक्षाका हरेक किसिमको विकृति र विकराललाई चिर्नका निमित्त, विद्यालय, कर्मचारीलाई साच्चै नै संस्थागत बनाउनका निमित्त, लगानीकर्ताको सम्पत्तिलाई व्यवस्थित र सुरक्षित गर्नका निमित्त र कम्पनीमा लगानी भइसकेपछि लगानीकर्ताले पनि त्यसको मुनाफा लिन पाउने अधिकार रहन्छ । त्यसको निम्ति पनि नेस्नल प्याबसनले आफ्नो संगठनलाई स्थापित गर्यो र आम रुपमा तथा देशव्यापी रुपमा निजी लगानीमा संचालित विद्यालयहरुलाई आफ्नो संगठनको सदस्यको निम्ति उहाँहरुलाई आव्हान गर्यो । त्यसकारणले गर्दा आज धेरै विद्यालयहरु प्याबसनको तुलनामा नेस्नल प्याबसनमा आकर्षित हुनुहुन्छ ।

अब हाम्रो लगानीको सुरक्षण छ नि, कम्पनीको नियमले चै जस्ले लगानी गरेको छ । लगानीको मुनाफा पनि लगानीकर्ताले मुनाफा लिन पाउँनु पर्छ भन्ने छ । तर गुठीलाई हेर्नु भयो भने, सहकारीलाई हेर्नु भयो भने, सामाजिक क्षेत्रलाई हेर्नु भयो भने प्रत्यक्ष रुपमा लगानीकर्ताहरुले नाफा खाना पाउनु हुन्न ।

समय सापेक्ष निजी विद्यालयको गुणस्तरको निम्ति शुल्क बढाउनु रहर होइन बाध्यता हो । यस कारण, साधु बन्नका लागि मात्र होइन । यसले सेवा सहितको लगानी हो, त्यस कारण लगानी पछिको मुनाफा लिने गरि संचालन गरिएको हुँदा पनि नेस्नल प्याबसन कम्पनीसँग आवद्ध छ । र कम्पनीले लगानीको सुरक्षा गर्छ ।

नेसनल प्याबसनको स्थापना कहिले भयो ?
प्याबसन पछि वि.स. २०५६ मा यसको कन्सेप्ट बनेर यस संस्थाको स्थापना भएको हो । पहिला निजी लगानीका विद्यालय सँगै थिए । विस्तारै पछि गएर निजी लगानीको लागि बनेका संगठनले त्यसैको हकहित र उदेश्य अथवा त्यसैको लगानीको सुरक्षा गर्न नसके पछि यो तरिकाको संगठनबाट हाम्रा संस्थाहरुको ग्यारेन्टी हुन सक्दैन, हाम्रो हक अधिकार र उदेश्य पुरा हुन सक्दैन भनेपछि त्यसको अगाडी नेसनल (राष्ट्रिय) थपिएको हो । नेस्नल (राष्ट्रिय) थपिनुको अर्थ के हो भने आम रुपमा, देश व्यापी रुपमा अर्को संगठनको आवश्यकताको महसुुुस भयो । अर्को एउटा धारको जन्म भयो अथवा अर्को एउटा शक्तिको जन्म भयो । त्यो शक्तिले लगानीको सुरक्षा सँगसँगै कर्मचारी, विद्यार्थी, शिक्षक, आम जनसमुदायलाई सुरक्षित प्रत्याभुति गराउन सक्ने हैसियतले नेसनल प्याबसनको स्थापना भएको हो ।

यसको अर्थ प्याबसनले आफ्नो काम–कर्तव्य गर्न नसकेर नेसनल प्याबसनले जन्म लिएको भन्न मिल्यो ?
काम–कर्तव्य गर्न नसक्नु भन्दा पनि प्याबसन गुठीको विधानबाट चल्छ । गुठी भन्ने वितिकै त्यहाँ सामुहिक हकहित, अधिकारका कुरा आउँछ । त्यो व्यक्तिगत लगानीकर्ताको स्वामित्वसँग नजोडिएर समाजका सबै पक्षसँग जोडिएको हुन्छ । तर नेस्नल प्याबसनले चाँही व्यक्तिले लगानी गरेको, ऋण खोजेर विद्यालय चलाउने तर त्यसको नाफा चाँहि अर्को परिपाटिले चलाउने भयो भने त व्यक्तीको लगानी सुरक्षित हुन सकेन । तर नेस्नल प्याबसन चाँहि कम्पनीको विधान अनुसार चल्ने संस्था हो । त्यस कारण धार नै फरक छ । एउटा गुठीबाट चल्ने, अर्को कम्पनीको धाराबाट चल्ने ।

नेस्नल प्याबसनको उदेश्य के हो ? यसले विद्यालयको लागि के–के काम गर्छ ?
सबैले गर्ने काम एउटै हो । निजी विद्यालयबाट जुन शिक्षा पाइरहेको छ त्यो प्याबसनबाट संचालित सदस्यको सबै विद्यालयलाई र नेस्नल प्याबसनलाई दिने पनि त्यही हो । तथापी फरक कहाँ निर रहयो भने यसले दिने गुणस्तर भन्दा पनि यसले सरकारलाई आफ्नो उदेश्यमा के किटान गरेको छ भने निजी विद्यालयमा लगानी गरेका जति पनि लगानीकर्ताहरु हुनुहुन्छ उहाँहरुको लगानीको सुरक्षाको प्रत्याभुति गराउने काम चाँहि कम्पनी अनुसार नेस्नल प्याबसनले मात्र गर्न सक्छ ।

तर प्याबसनले गर्न सक्दैन किनकी प्याबसन गुठीको विधानबाट संचालित छ । प्याब्सन भनेको गुठीमा संचालित भएको संस्था हो । यस कारणले पनि निजी विद्यालय मध्य नेस्नस प्याबसनले सिँगो रुपमा लगानी गरेको कुरा, कम्पनीको नियम–नियमावलीको कुरा, समग्र त्यहाँ भएको कर्मचारी र शिक्षकका कुरा, सबैको हकहित, हैसियत, क्षमता लगानीको निम्ति नेस्नल प्याबसनको उदेश्यमा किटान गरिएको छ ।त्यही उदेश्यले नै नेस्नल प्याबसन नेपालको गुणस्तरीय, व्यवहारीक, व्यवस्थापकीय शिक्षाको निम्ति, समस्त देश र संस्थालाई शिक्षा दिनका निम्ति राष्ट्रिय स्तरको संस्था हो ।

निजी विद्यालयहरुले बेलाबेलामा शुल्क बढाइरहेको विद्यार्थी, अभिभावकको गुनासो रहेको छ यसमा नेस्नल प्याबसनले के कदम चालेको छ ?
यो भनेको समग्र निजी विद्यालयलाई लाग्ने आक्षेप हो । निजी विद्यालयमा प्याबसन र नेस्नल प्याबसन दुवै संस्था हो । विद्यालयले अभिभावकबाट शुल्क उठाएर त्यही शुल्कले व्यवस्थापनमा खर्च हुने र शिक्षाको गुणस्तरीय व्यवस्थामा लगानी गर्नेगर्छ । “शुल्क वृद्धि गर्दै गरेको कुरा चाँहि आमरुपमा निजी विद्यालयले केही हदसम्म पक्कै पनि शुल्क वृद्धि गर्नुपर्छ ।” यदि शुल्कको स्थिरता रहयो भने विद्यालयको गुणस्तरमा रास आउन सक्छ, निजी विद्यालयमा लिइरहेको सेवासुविधाको गुणस्तरमा कमजोर हुनसक्छ ।

“यदि कुनै निजी विद्यालयमा कर्मचारीहरुले लिइरहेको सेवासुविधा आज भन्दा ५ वर्ष अगाडीको लिएको जुन अवस्था थियो, आज पनि त्यही अवस्थामा दिने र अबको ५ वर्ष पछि पनि त्यही सेवासुविधा, तलब–भत्तामा काम गर्ने अवस्था श्रृजना हुन्छ कि  भन्दा पक्कै पनि हुन सक्दैन ।” समय सापेक्ष अनुसार उसको तलबमा सँगै ग्रेडमा वृद्धि हुनुपर्छ, सेवा–सुविधामा परिवर्तन आउनु पर्छ । यसैगरि धरोहरका कुराहरु धेरै निजी विद्यालयहरु अरुको घर, जग्गा–जमिन भाडामा लिएर संचालित छन् । त्यो भाडा पनि वृद्धि हुन्छ । प्रशासनिक, विभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गर्नुपर्ने हुन्छ । र यी सबैको स्रोत भनेको विद्यार्थीका अभिभावक नै हुन् । शुल्कमा भने स्थिर रहने तर सेवा–सुविधा, शिक्षाको गुणस्तरमा चाँहि अपडेट हुनुपर्छ भन्ने मान्यता हुदैन ।

अबको गुणस्तर शिक्षा शुल्कसँग जोडिएको छ । त्यसकारण समय सापेक्ष व्यवस्था खर्चलाई समय अनुसार शुल्क वृद्धि हुनपर्छ । तर एउटा भर्नाका बेलामा विभिन्न राजनीतिक संगठनहरुले, समाजका केही व्यक्तित्वहरुले निजी विद्यार्थीहरुले चर्को शुल्क लिए भनेर, बदमासी गरे भनेर आक्षेप लगाएको कुरा बिलकुल गलत हो । केही निजी संस्थाहरुले गरेको शुल्क वृद्धि गराइलाई, आम रुपमा सबैलाई एउटै तराजुमा राखेर जोख्न हुदैन भन्ने नेस्नल प्याबसनको भाव रहेको छ ।

वर्तमान समयमा नेस्नल प्याबसनको नगरको अध्यक्षका रुपमा तथा जिल्लाका सचिब भएर के कामहरु भइरहेको छ ?
कागेश्वरी मनोहरा नगरपालिकाको अध्यक्ष भएको म करिब २ वर्ष हुन लागेको छ । स्थानीय सरकारसँग नगर समितिको यो मेरो पहिलो कार्यकाल हो । यसमा प्याबसन र नेस्नल प्याबसन प्रत्यक्ष रुपमा देशव्यापी नेपाल सरकारसँग जोडिएका सरकारले मान्यता देका निजी विद्यालयहरुको संस्था हो । त्यस मध्यमा हामीले यहाँको नगरपालिकामध्यको विद्यालयमा जति पनि शैक्षिक वेथिति र वेवस्थाहरु, शिक्षकसँगको सेवाको कुराहरु, अभिभावकले शुल्क तिरेपछि उहाँहरुले पाउनु पर्ने सुविधाका कुराहरु, विद्यार्थीहरु आफै पनि कक्षा कोठामा पढ्ने मात्र नभएर अन्य अतिरिक्त क्रियाकलापको बारेमा सहभागी हुनपर्छ भन्ने लेबलबाट हामी अगाडी बढेका छौँ ।

त्यसकारण शिक्षकहरुको व्यवसायीक पेसाको निम्ति जिम्मेवारीको क्षमता, विद्यार्थीको क्षमताको अभिवृद्धिका निम्ति तालिम कार्यक्रमहरु संचालन गर्छौ । यसैगरि विद्यार्थीहरुमा अतिरिक्त क्रियाकलापमा सहभागिता गराउने गरिन्छ । पढाइ–लेखाइ मात्र नभएर अन्य थप कुराहरुमा पनि विद्यार्थीलाई सिकाउने गरिन्छ । नेस्नल प्याबसन अन्तरगत विद्यार्थीहरुले अन्य धेरै सीपहरु सिक्ने अवसर प्राप्त गरेका छन् । यो पनि कार्य समिति मनोहरा कमिटिले आफ्नो संगठनिक क्रियाकलापको लागि अगाडी बढाएको कार्यक्रम हो भने यसैगरि शिक्षकको व्यबस्थापनको कुरा, शिक्षकहरुलाई पनि समय सापेक्ष विभिन्न खाले खेलकुदमा सहभागिता गराउने र यहाँको नगरपालिकाले स्थानिय सरकारसँग हातेमालो गर्र्दै विभिन्न क्रियाकलापमा सहभागिता हुने, सीप सँगै शिक्षाका कुराहरुमा संचालकको सहभागिता हुने, बिभिन्न प्रतियोगिता गराउने, पुरस्कार वितरण, परिक्षामा अव्वल भएको विद्यार्थीहरुलाई सम्मान गर्ने जस्ता धेरै काम गर्दैछ । जसरी एउटा अबोध बालक वा काँचो माटो सरहको बालबालिकालाई विद्यालयबाट बाहिर निस्कदा चाहिने सम्पुर्ण आधारभुत कुराहरुलाई सहयोग गर्ने काममा अधारभुत तहमा दैनिकीमा गर्ने कार्य, भोलीको दिनमा विद्यार्थीले समाजलाई दिनुपर्ने योगदानको कुराहरु सिक्नु पर्ने हो त्यो सिकाइ क्रियाकलाप सँगसँगै अन्य अतिरिक्त कुराहरुलाई एक कदम अगाडी बढाउदै व्यवस्थापन गराउने काममा कृयाशिल भएर नगर कमिटि लागेको छ ।

त्यसैगरि जिल्ला समिति काठमाडौँको तर्फबाट भन्दा जिल्लाभरि हामीले यही गतिविधि संचालन गर्छौ । सरकारले ल्याएका कामहरु होस् या हाम्रो आफ्नो संगठनले, केन्द्र, प्रदेश समितिले नै निर्देशित गरेका कामहरु होस् या हाम्रा आफ्नै पहलबाट होस् सप्ताह खेलकुद कार्यक्रमहरु संचालन गछौँ । भरखरै मात्र प्रदेशको खेलकुद सम्पन्न गर्यौ । साथै अन्य शिक्षकहरुलाई दिने तालिमहरु देश–विदेशबाट ट्रेनरहरु ल्याएर हाम्रा संस्थाको शिक्षकहरुलाई तालिम दिएर अपग्रेड गराउछौँ । विद्यार्थीलाई अन्य तालिम खेलबाट अपग्रेड गराउछौँ भने आम रुपमा शिक्षासँगै जोडिएका अभिभावकहरुलाई चाहिने समाजसँग जोडिएका जागरुकता, स्वास्थ्य कार्यक्रमहरु, विभिन्न विद्यालयमा जनचेतना कार्यक्रमहरु समय सापेक्ष युवाहरुलाई आवश्यक पर्ने काउनसेलिङ कार्यक्रमहरु अथवा कर्मचारीलाई पनि आवश्यक पर्ने काउनसेलिङ तालिमहरु जिल्ला, प्रदेश, स्थानीय तहबाट पनि एकरुपमा एकताका साथ अगाडी बढाउने काम गरेका छौँ ।जसले गर्दा राष्ट्रिय रुपमा नेस्नल प्याबसनलाई हेर्ने दृष्टिकोण हिजोको तुलनामा ठुलो फरक आएको छ । हिजो नेस्नल प्याबसन एउटा कोठामा छ अथवा संस्थागत रुपमा मात्र छ भन्ने साथीहरु आज नेस्नल प्याबसनको सदस्य बन्नु भएको छ । यो बदलाभ हुनु खुशीको कुरा रहेको छ । हिजो २ सय सदस्य भएको विद्यालयहरु आज ५ सयको हाराहारीमा काठमाडौँमा विद्यालयहरु सदस्य भएका छन् ।

कागेश्वरी मनोहराको अवस्थामा हेर्ने हो भने हिजो यहाँ नगर कमिटि बनाउँदा ५ वटा विद्यालयको नाम लिएर सुरुवात गरिएको थियो भने आज १७ वटा विद्यालयहरु हाम्रै सदस्यमा आवद्ध छन् । हाम्रो संगठनको गतिविधिले गर्दा हामीले जुन सबै क्षेत्रको आवश्यकतालाई काम गरेका छौँ ।त्यो सबैजनाले महसुस गर्नु भएको छ । त्यसका कारण पनि हाम्रा काम र गतिविधिहरु द्रुतरुपमा अघि बढेको छ ।

नेस्नल प्यावस्नका सूचना गतिबिधिहरु वेबसाइटमा अपडेट देखिदैन नि ? यसमा तपाई के भन्नु हुन्छ ?
हाम्रो अहिले स्थानीय देखि केन्द्रसम्म सम्म वेबसाइट अपडेट भएर संचालित छन् । काडमाडौंको जिल्लाको अलग वेबसाइट र म्यासेन्जर–फेसबुकहरुबाट सूचना उपलब्ध गराइरहेका छौँ । काठमाडौँ जिल्लामा विभिन्न विभागहरुसँगै सूचना विभाग अलगै संचालित छ । हामीले हाम्रो सामाजिक संजालका म्यासेन्जर–फेसबुक, भाइबरमा सबै सूचना, क्रियाकलापहरु अपडेट गरेका छौँ । कागेश्वरी मनोहराको पनि आफ्नो अलग साइट उपलब्ध छ । विभिन्न सूचना र गतिविधिहरु त्यहाँबाट जानकारी गराइरहन्छौँ ।

नेसनल प्याबसन अन्तर्गतका बिद्यालय सामाजिक सुरक्षा कोषमा आबद्ध हुने क्रम कस्तो छ ?
पछिल्लो समयमा हेर्दा नेस्नल प्याबसनलाई कतिले हेर्ने दृष्टिकोण के पनि रहयो भने  यसले सामाजिक कोषलाई सर्पोट गरेन, नेपाल सरकारको विरोध गर्यो लगायतका कुराहरु पनि हामीलाई आक्षेप लागेको थियो । तर प्याबसन र त्यहाँका साथीहरु सबै सामाजिक कोषमा सुचिकृत हुनुभयो । सबैले दर्ता गर्नुसँगै त्यस विषयमा सबैलाई आव्हान गर्नुभयो । देशव्यापीरुपमा सूचना प्रशारण गरेर सबै तहबाट सरकुलर पनि गर्नुभयो । प्याबसनका साथीहरुले २५ सय ३ हजारको संख्यामा विद्यालय छ भनेर भनिएता पनि हालसम्म ती विद्यालयहरुको नाम सामाजिक सूचना कोषमा सुचिकृत गराईएको छैन ।

तर नेसनल प्याबसनले अहिलेसम्म अडान राखेको छ नेसनल प्याबसका आधिकारीक सबै विद्यालयहरु सामाजिक कोषमा सुचिकृत भएको छैन किन भने यसमा हाम्रो अडान छ र हाम्रो धारणा पनि प्रस्ट–फरक रहेको छ । किनकी कुनै पनि व्यक्ति, श्रमिकले सामाजिक सुरक्षा कोषमा सुचिकृत हुँदै गर्दा ,आफ्ना संचालित विद्यालयहरु सुचिकृत हुँदै गर्दा यदि संस्था नै बाँचेन भने त्यो सँस्थाभित्र कर्मचारी रहने वातावरणको श्रृजना गर्न सक्ने स्थिति भएन भने एउटा व्यक्तिकोे आइडी नं मात्र लिएर यो देशमा सामाजिक सुरक्षा कोषमा निजी तवरबाट फड्को मार्न सक्दैन । यसको अर्थ पूर्णरुपले नेपाल सरकारको विरोध गरेको होइन । त्यसकारण हामी केही कुरामा यसमा जान तयार छौँ । हाम्रो कार्यक्रम छ । तर यस भित्र केही कठिनाइहरु छन् ।

एउटा श्रमिकले अहिले खाइपाइ आएको तलब–भत्ताको ३१% सामाजिक शिक्षा कोषमा डिपोजिट गर्नुपर्छ । एउटा सामान्य श्रमिकले अहिले १५ हजार तलब खान्छ भने उसले ३१% हाल्दा करिब ६ हजार रकम कोषमा जान्छ । १५ हजार जागिर खाने मानिसले जुन म्यानेज गर्नलाई माइन्ड–सेट गरेको छ, ३१% जम्मा गर्ने वित्तिकै उसको पारिवारीक जिवन र योजनाहरु बिग्रन्छ । आर्थिक हिसाबले उसको जिवन निकै अपठ्यारो हुन्छ । ती कामदार, श्रमिकले आज भने खान–लाउन पाउँदैन समस्या पर्छ अनि २० वर्ष पछि एकमुस्ट पेनसन आउँछ भनेर के गर्ने ? यस्तो अवस्थाले कर्मचारी मारमा परेका छन् । यस्तो कोषको नियम भएकोले केन्द«ले, प्रदेशले, जिल्लाले एकदम गहन ढङ्घले अध्ययन गरेर, श्रमिकहरुसँग व्यापक छलफल गरेर संबन्धित निकायहरुसँग सुरक्षा कोषका मन्त्रीदेखि प्रमुख कार्यकारी अधिकृतसँग कयौँ पटक बैठक बसेर पनि हाम्रो धारणालाई उहाँहरुले सहमति दिनसक्नु भएन । त्यो रुपमा यो धारणालाई हामीले स्वीकार गर्ने अबस्था छैन । यदि यो सब कुरामा सरकारले ध्यानाकार्षण गर्यो भने हामी यो कोषमा पनि सहमति जनाएर सहभागि हुन तयार छौँ । त्यस कारण यो कुरामा पनि प्याबसन र नेस्नल प्याबसन बिच अन्तर देखिएको छ ।

नेस्नल प्याबसनको स्थापना अघि र पछि निजी विद्यालयमा के फरक पाउनु भएको छ ?
यदि आवश्यकता थिएन भने त हिजो एउटै संगठन ,आज नेस्नल प्याबसनको २८ सय देखि ३ हजार सम्मको देशव्यापी रुपमा विद्यालयहरु सदस्य छन् । प्याबसन र नेस्नल प्याबसन बीचको ठूलो विभेद छैन, मात्र के हो भने नेस्नल प्याबसनले संचालन स्रोतको व्यवस्थापन गर्छ । प्याबसन सामुहिक सहकारी मोडलबाट चल्छ, त्यस्को लगानी नाफाको हैसियतको कुरा लगानीकर्ताले गर्न पाउदैनन् । यसको निर्णय प्याबसनले गर्न सक्दैन ।

तर नेस्नल प्याबसन जन्मिसकेपछि उसको लगानीको संरक्षण हुन्छ । उसको सम्पत्तीको सुरक्षा सही मुल्यांकन हुन्छ । उसले कमाएको नाफा लगानीकर्ताले लिन पाउँछ त्यसकारण नेस्नल प्याबसन कम्पनीको धाराको अनुसार संचालित छ । किनकी निजी विद्यालय भन्ने बित्तिकै लागानी व्यक्तिगत हुन्छ ।त्यसकारण व्यत्तिले लगानी गरेर सरकारले गुठीमा लगेर समायोजन गर्ने हो भने निजी विद्यालयको गुणस्तर, लगानीको संरक्षणको जिम्मा कस्ले लिने भन्ने कुरा अन्योल छ । त्यो कुरालाई प्याबसनले वकालत गर्न नसकेर नेस्नल प्याबसनले जन्म लिएको हो ।
यो अर्थमा अहिले नेस्नल प्याबसनलाई कसरी हेरिंदै छ भने पछिल्लो समयमा एउटा कम्पनी एक्ट(धारा)अनुसार चल्यो त्यसकारण लगानी गरेपछि केही मुनाफा हुन्छ भन्ने आशले, सुरक्षणको हिसाबले त्यो प्रलोभनबाट लगानीको ठाउँ सृजना भएको छ ।
यदि आज मैले संचालन गर्दै गरेको विद्यालय बेच्न चाँहे भने त्यो केबल मेरो निर्णय हुन्छ तर गुठीबाट संचालित भएको विद्यालयले आफैले त्यो निर्णय गर्न सक्दैन । त्यसको मुनाफा पनि सामुहिक रुपमा बाँडफाड गर्नुपर्ने हुन्छ र निर्णय पनि गुठीले नै गर्नु पर्ने हुन्छ । नेस्नल प्याबसनको आवश्यकता महसुुस भएर आज धेरै विद्यालयहरु यसको सदस्य बन्नु भएको छ ।

देशव्यापी रुपमा विभिन्न विवाद चलिरहेको बेला विद्यालय संचालन गर्ने विषय, शुल्क बृद्धि, गुणस्तर, कार्यक्रममा सहभागीता हुने कुराहरु, समाजिक योगदानको कुरा, सामुहिक सुरक्षा, श्रमिकको हकहितका कुराहरुलाई हेर्दा पनि आम रुपमा धेरै प्याबसनको विद्यालयहरु अहिले नेस्नल प्याबसनमा आवद्ध हुने क्रम जारी छ ।

प्याबसनले बोल्यो तर अडिग हुन सकेन तर एनप्याबसन यी सब कुरालाई लिएर एक्लै भए पनि अडिक रह्यो । हामी सहभागी हुदैनौ र रिजरभेसन छैन, हाम्रो कुराहरु मुल्याङ्कन भए मात्र राष्ट्रिय रुपमा सहभागी हुन्छौँ । वास्तवमा विद्यालयको निम्ति नेस्नल प्याबसनले बोल्छ भनेर अहिले यसको सदस्यको संख्यामा वृद्धि भएको छ । हेर्दा उस्तै भएता पनि संगठन फरक रहेको छ ।
देशव्यापी रुपमा अबस्था हेर्ने हो भने विगतको तुलनामा धेरै परिवर्तन भएको छ , निजी क्षेत्रको लगानीमा संचालित विद्यालयको निम्ति भने नेस्नल प्याबसनले ठुलो भुमिका खेलेको छ ।

अन्त्यमा विद्यार्थी र निजी विद्यालयलाई तपाईको सन्देश ?
निजी विद्यालयको संचालकको हैसियतले भन्दा संचालित भएका निजी विद्यालयहरु संस्थागत हुन र नियमसँग चल्न जरुरी छ । देशको संरचना, सरकारले ल्याएको कानुन, विधि र प्रणाली अनुसार संचालन हुनुपर्छ तर कतिपय कानुनका कुराहरुलाई पनि हामीले बसेर छलफल गरेर सच्याउनु पनि पर्ने हुन्छ । यसलाई सच्याइसकेपछि संस्थागत रुपमा एकतावद्धता भएर अगाडी बढ्न सक्नुपर्छ । आमरुपमा यसको धारणालाई निजी विद्यालयको बीचमा बहस र छलफल गरेको आधारमा मात्र सांगठनिक गतिविधिलाई अगाडी बढाउनु पर्छ । हाम्रो विद्यालयहरुलाई अभिभावकको माग अनुसार अबको एक्काइसौं सताब्दीको शिक्षाको माग, विद्यार्थीको चाहना, समग्र देशको प्रणाली अनुसार चल्यो भने हामी सफल हुनसक्छौँ । त्यसकारण हामी पनि प्रस्ट भएर नियम परिधि भित्र रहेर विद्यालय संचालन गरांै ।
दोस्रो कुरा भनेको विद्यालयले जुन शुल्क लिएर सेवा दिइरहेका छन् ,किनकी यो सेवाको व्यापार हो र शुल्क लिएपछि शुल्क अनुसार शिक्षाको गुणस्तर छ या छैन भन्ने विषयमा अभिभावकसँगै विद्यार्थी पनि चनाखो हुनुपर्छ । लगानीको प्रतिफल उठ्ने गरि भोलीको दिनमा उसको पढाइको बजारमा के मुल्याङ्कन हुन्छ भनेर अघि बढ्यो भने सबै विद्यार्थीमा सकारात्मक परिवर्तन सहित भविष्य उज्वल हुनेछ ।

को विद्यालयलाई मात्र लगानी गर्ने जसका कारण हेर्ने लगानीकर्ताको सम्पत्ति, उहाँहरुको हकहितका लागि गर्न सक्दैन । त्यो चाँही नेपाल सरकारको गुठीको नियममा चल्ने हुन्छ । यसका लागि पनि हामीले विषेश गरि नेसनल प्याबसनको आवश्यकता महसुुस गरेर लगानीको कुरालाइर्, त्यसमा काम गर्ने कर्मचारी र त्यसका लगानीकर्ताहरुको सम्पत्ति सुरक्षणका लागि पनि नाफाघाटाको कुरा सँगसँगै जोडेर व्यवस्थापन गर्नका लागि नेस्नल प्याबसन कृयाशिल रहेको छ ।

निजी विद्यालयलाई नियम सहित नियन्त्रण गर्नका लागि नेस्नल प्याबसन बनेको हो ?
अब नियन्त्रण गर्न भनेर भन्न मिलेन, नियमन भन्न पर्यो । नियन्त्रण भन्दा पूर्ण रुपले त्यसलाई बन्द गर्ने, बन्देज गर्ने भन्ने हुन्छ । तर नेसनल प्याबसनले कुनै अर्को संघ संठनलाई बन्देज गर्नको निम्ति, सरकारको नीति–नियमलाई उलंघन गर्नका लागि पक्कै पनि नेस्नल प्याबसनको स्थापना भएको होइन ।

नेस्नल प्याबसनले शिक्षा क्षेत्रमा त्यसमा पनि निजी लगानीबाट भएको शिक्षाका हरेक किसिमको विकृति र विकराललाई चिर्नका निमित्त, विद्यालय, कर्मचारीलाई साच्चै नै संस्थागत बनाउनका निमित्त, लगानीकर्ताको सम्पत्तिलाई व्यवस्थित र सुरक्षित गर्नका निमित्त र कम्पनीमा लगानी भइसकेपछि लगानीकर्ताले पनि त्यसको मुनाफा लिन पाउने अधिकार रहन्छ । त्यसको निम्ति पनि नेस्नल प्याबसनले आफ्नो संगठनलाई स्थापित गर्यो र आम रुपमा तथा देशव्यापी रुपमा निजी लगानीमा संचालित विद्यालयहरुलाई आफ्नो संगठनको सदस्यको निम्ति उहाँहरुलाई आव्हान गर्यो । त्यसकारणले गर्दा आज धेरै विद्यालयहरु प्याबसनको तुलनामा नेस्नल प्याबसनमा आकर्षित हुनुहुन्छ । अब हाम्रो लगानीको सुरक्षण छ नि, कम्पनीको नियमले चै जस्ले लगानी गरेको छ । लगानीको मुनाफा पनि लगानीकर्ताले मुनाफा लिन पाउँनु पर्छ भन्ने छ । तर गुठीलाई हेर्नु भयो भने, सहकारीलाई हेर्नु भयो भने, सामाजिक क्षेत्रलाई हेर्नु भयो भने प्रत्यक्ष रुपमा लगानीकर्ताहरुले नाफा खाना पाउनु हुन्न ।

यस कारण “निजी क्षेत्रको विद्यालयहरु पनि जोगी बन्नको निम्ति विद्यालय चलाएको होइन ।” साधु बन्नका लागि मात्र होइन । यसले सेवा सहितको लगानी हो, त्यस कारण लगानी पछिको मुनाफा लिने गरि संचालन गरिएको हुँदा पनि नेस्नल प्याबसन कम्पनीसँग आवद्ध छ । र कम्पनीले लगानीको सुरक्षा गर्छ ।

नेसनल प्याबसनको स्थापना कहिले भयो ?
प्याबसन पछि वि.स. २०५६ मा यसको कन्सेप्ट बनेर यस संस्थाको स्थापना भएको हो । पहिला निजी लगानीका विद्यालय सँगै थिए । विस्तारै पछि गएर निजी लगानीको लागि बनेका संगठनले त्यसैको हकहित र उदेश्य अथवा त्यसैको लगानीको सुरक्षा गर्न नसके पछि यो तरिकाको संगठनबाट हाम्रा संस्थाहरुको ग्यारेन्टी हुन सक्दैन, हाम्रो हक अधिकार र उदेश्य पुरा हुन सक्दैन भनेपछि त्यसको अगाडी नेसनल (राष्ट्रिय) थपिएको हो । नेस्नल (राष्ट्रिय) थपिनुको अर्थ के हो भने आम रुपमा, देश व्यापी रुपमा अर्को संगठनको आवश्यकताको महसुुुस भयो । अर्को एउटा धारको जन्म भयो अथवा अर्को एउटा शक्तिको जन्म भयो । त्यो शक्तिले लगानीको सुरक्षा सँगसँगै कर्मचारी, विद्यार्थी, शिक्षक, आम जनसमुदायलाई सुरक्षित प्रत्याभुति गराउन सक्ने हैसियतले नेसनल प्याबसनको स्थापना भएको हो ।

यसको अर्थ प्याबसनले आफ्नो काम–कर्तव्य गर्न नसकेर नेसनल प्याबसनले जन्म लिएको भन्न मिल्यो ?
काम-कर्तव्य गर्न नसक्नु भन्दा पनि प्याबसन गुठीको विधानबाट चल्छ । गुठी भन्ने वितिकै त्यहाँ सामुहिक हकहित, अधिकारका कुरा आउँछ । त्यो व्यक्तिगत लगानीकर्ताको स्वामित्वसँग नजोडिएर समाजका सबै पक्षसँग जोडिएको हुन्छ । तर नेस्नल प्याबसनले चाँही व्यक्तिले लगानी गरेको, ऋण खोजेर विद्यालय चलाउने तर त्यसको नाफा चाँहि अर्को परिपाटिले चलाउने भयो भने त व्यक्तीको लगानी सुरक्षित हुन सकेन । तर नेस्नल प्याबसन चाँहि कम्पनीको विधान अनुसार चल्ने संस्था हो । त्यस कारण धार नै फरक छ । एउटा गुठीबाट चल्ने, अर्को कम्पनीको धाराबाट चल्ने ।

नेस्नल प्याबसनको उदेश्य के हो ? यसले विद्यालयको लागि के–के काम गर्छ ?
सबैले गर्ने काम एउटै हो । निजी विद्यालयबाट जुन शिक्षा पाइरहेको छ त्यो प्याबसनबाट संचालित सदस्यको सबै विद्यालयलाई र नेस्नल प्याबसनलाई दिने पनि त्यही हो । तथापी फरक कहाँ निर रहयो भने यसले दिने गुणस्तर भन्दा पनि यसले सरकारलाई आफ्नो उदेश्यमा के किटान गरेको छ भने निजी विद्यालयमा लगानी गरेका जति पनि लगानीकर्ताहरु हुनुहुन्छ उहाँहरुको लगानीको सुरक्षाको प्रत्याभुति गराउने काम चाँहि कम्पनी अनुसार नेस्नल प्याबसनले मात्र गर्न सक्छ ।

तर प्याबसनले गर्न सक्दैन किनकी प्याबसन गुठीको विधानबाट संचालित छ । प्याब्सन भनेको गुठीमा संचालित भएको संस्था हो । यस कारणले पनि निजी विद्यालय मध्य नेस्नस प्याबसनले सिँगो रुपमा लगानी गरेको कुरा, कम्पनीको नियम–नियमावलीको कुरा, समग्र त्यहाँ भएको कर्मचारी र शिक्षकका कुरा, सबैको हकहित, हैसियत, क्षमता लगानीको निम्ति नेस्नल प्याबसनको उदेश्यमा किटान गरिएको छ ।त्यही उदेश्यले नै नेस्नल प्याबसन नेपालको गुणस्तरीय, व्यवहारीक, व्यवस्थापकीय शिक्षाको निम्ति, समस्त देश र संस्थालाई शिक्षा दिनका निम्ति राष्ट्रिय स्तरको संस्था हो ।

निजी विद्यालयहरुले बेलाबेलामा शुल्क बढाइरहेको विद्यार्थी, अभिभावकको गुनासो रहेको छ यसमा नेस्नल प्याबसनले के कदम चालेको छ ?
यो भनेको समग्र निजी विद्यालयलाई लाग्ने आक्षेप हो । निजी विद्यालयमा प्याबसन र नेस्नल प्याबसन दुवै संस्था हो । विद्यालयले अभिभावकबाट शुल्क उठाएर त्यही शुल्कले व्यवस्थापनमा खर्च हुने र शिक्षाको गुणस्तरीय व्यवस्थामा लगानी गर्नेगर्छ । “शुल्क वृद्धि गर्दै गरेको कुरा चाँहि आमरुपमा निजी विद्यालयले केही हदसम्म पक्कै पनि शुल्क वृद्धि गर्नुपर्छ ।” यदि शुल्कको स्थिरता रहयो भने विद्यालयको गुणस्तरमा रास आउन सक्छ, निजी विद्यालयमा लिइरहेको सेवासुविधाको गुणस्तरमा कमजोर हुनसक्छ । “यदि कुनै निजी विद्यालयमा कर्मचारीहरुले लिइरहेको सेवासुविधा आज भन्दा ५ वर्ष अगाडीको लिएको जुन अवस्था थियो, आज पनि त्यही अवस्थामा दिने र अबको ५ वर्ष पछि पनि त्यही सेवासुविधा, तलब–भत्तामा काम गर्ने अवस्था श्रृजना हुन्छ कि हुदैन भन्दा पक्कै पनि हुन सक्दैन ।”

समय सापेक्ष अनुसार उसको तलबमा सँगै ग्रेडमा वृद्धि हुनुपर्छ, सेवा–सुविधामा परिवर्तन आउनु पर्छ । यसैगरि धरोहरका कुराहरु धेरै निजी विद्यालयहरु अरुको घर, जग्गा–जमिन भाडामा लिएर संचालित छन् । त्यो भाडा पनि वृद्धि हुन्छ । प्रशासनिक, विभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गर्नुपर्ने हुन्छ । र यी सबैको स्रोत भनेको विद्यार्थीका अभिभावक नै हुन् । शुल्कमा भने स्थिर रहने तर सेवा–सुविधा, शिक्षाको गुणस्तरमा चाँहि अपडेट हुनुपर्छ भन्ने मान्यता हुदैन । अबको गुणस्तर शिक्षा शुल्कसँग जोडिएको छ । त्यसकारण समय सापेक्ष व्यवस्था खर्चलाई समय अनुसार शुल्क वृद्धि हुनपर्छ । तर एउटा भर्नाका बेलामा विभिन्न राजनीतिक संगठनहरुले, समाजका केही व्यक्तित्वहरुले निजी विद्यार्थीहरुले चर्को शुल्क लिए भनेर, बदमासी गरे भनेर आक्षेप लगाएको कुरा बिलकुल गलत हो । केही निजी संस्थाहरुले गरेको शुल्क वृद्धि गराइलाई, आम रुपमा सबैलाई एउटै तराजुमा राखेर जोख्न हुदैन भन्ने नेस्नल प्याबसनको भाव रहेको छ ।

वर्तमान समयमा नेस्नल प्याबसनको नगरको अध्यक्षका रुपमा तथा जिल्लाका सचिब भएर के कामहरु भइरहेको छ ?
कागेश्वरी मनोहरा नगरपालिकाको अध्यक्ष भएको म करिब २ वर्ष हुन लागेको छ । स्थानीय सरकारसँग नगर समितिको यो मेरो पहिलो कार्यकाल हो । यसमा प्याबसन र नेस्नल प्याबसन प्रत्यक्ष रुपमा देशव्यापी नेपाल सरकारसँग जोडिएका सरकारले मान्यता देका निजी विद्यालयहरुको संस्था हो । त्यस मध्यमा हामीले यहाँको नगरपालिकामध्यको विद्यालयमा जति पनि शैक्षिक वेथिति र वेवस्थाहरु, शिक्षकसँगको सेवाको कुराहरु, अभिभावकले शुल्क तिरेपछि उहाँहरुले पाउनु पर्ने सुविधाका कुराहरु, विद्यार्थीहरु आफै पनि कक्षा कोठामा पढ्ने मात्र नभएर अन्य अतिरिक्त क्रियाकलापको बारेमा सहभागी हुनपर्छ भन्ने लेबलबाट हामी अगाडी बढेका छौँ ।

त्यसकारण शिक्षकहरुको व्यवसायीक पेसाको निम्ति जिम्मेवारीको क्षमता, विद्यार्थीको क्षमताको अभिवृद्धिका निम्ति तालिम कार्यक्रमहरु संचालन गर्छौ । यसैगरि विद्यार्थीहरुमा अतिरिक्त क्रियाकलापमा सहभागिता गराउने गरिन्छ । पढाइ–लेखाइ मात्र नभएर अन्य थप कुराहरुमा पनि विद्यार्थीलाई सिकाउने गरिन्छ । नेस्नल प्याबसन अन्तरगत विद्यार्थीहरुले अन्य धेरै सीपहरु सिक्ने अवसर प्राप्त गरेका छन् । यो पनि कार्य समिति मनोहरा कमिटिले आफ्नो संगठनिक क्रियाकलापको लागि अगाडी बढाएको कार्यक्रम हो भने यसैगरि शिक्षकको व्यबस्थापनको कुरा, शिक्षकहरुलाई पनि समय सापेक्ष विभिन्न खाले खेलकुदमा सहभागिता गराउने र यहाँको नगरपालिकाले स्थानिय सरकारसँग हातेमालो गर्र्दै विभिन्न क्रियाकलापमा सहभागिता हुने, सीप सँगै शिक्षाका कुराहरुमा संचालकको सहभागिता हुने, बिभिन्न प्रतियोगिता गराउने, पुरस्कार वितरण, परिक्षामा अव्वल भएको विद्यार्थीहरुलाई सम्मान गर्ने जस्ता धेरै काम गर्दैछ ।

जसरी एउटा अबोध बालक वा काँचो माटो सरहको बालबालिकालाई विद्यालयबाट बाहिर निस्कदा चाहिने सम्पुर्ण आधारभुत कुराहरुलाई सहयोग गर्ने काममा अधारभुत तहमा दैनिकीमा गर्ने कार्य, भोलीको दिनमा विद्यार्थीले समाजलाई दिनुपर्ने योगदानको कुराहरु सिक्नु पर्ने हो त्यो सिकाइ क्रियाकलाप सँगसँगै अन्य अतिरिक्त कुराहरुलाई एक कदम अगाडी बढाउदै व्यवस्थापन गराउने काममा कृयाशिल भएर नगर कमिटि लागेको छ । त्यसैगरि जिल्ला समिति काठमाडौँको तर्फबाट भन्दा जिल्लाभरि हामीले यही गतिविधि संचालन गर्छौ । सरकारले ल्याएका कामहरु होस् या हाम्रो आफ्नो संगठनले, केन्द्र, प्रदेश समितिले नै निर्देशित गरेका कामहरु होस् या हाम्रा आफ्नै पहलबाट होस् सप्ताह खेलकुद कार्यक्रमहरु संचालन गछौँ । भरखरै मात्र प्रदेशको खेलकुद सम्पन्न गर्यौ ।

साथै अन्य शिक्षकहरुलाई दिने तालिमहरु देश-विदेशबाट ट्रनरहरु ल्याएर हाम्रा संस्थाको शिक्षकहरुलाई तालिम दिएर अपग्रेड गराउछौँ । विद्यार्थीलाई अन्य तालिम खेलबाट अपग्रेड गराउछौँ भने आम रुपमा शिक्षासँगै जोडिएका अभिभावकहरुलाई चाहिने समाजसँग जोडिएका जागरुकता, स्वास्थ्य कार्यक्रमहरु, विभिन्न विद्यालयमा जनचेतना कार्यक्रमहरु समय सापेक्ष युवाहरुलाई आवश्यक पर्ने काउनसेलिङ कार्यक्रमहरु अथवा कर्मचारीलाई पनि आवश्यक पर्ने काउनसेलिङ तालिमहरु जिल्ला, प्रदेश, स्थानीय तहबाट पनि एकरुपमा एकताका साथ अगाडी बढाउने काम गरेका छौँ ।जसले गर्दा राष्ट्रिय रुपमा नेस्नल प्याबसनलाई हेर्ने दृष्टिकोण हिजोको तुलनामा ठुलो फरक आएको छ । हिजो नेस्नल प्याबसन एउटा कोठामा छ अथवा संस्थागत रुपमा मात्र छ भन्ने साथीहरु आज नेस्नल प्याबसनको सदस्य बन्नु भएको छ । यो बदलाभ हुनु खुशीको कुरा रहेको छ । हिजो २ सय सदस्य भएको विद्यालयहरु आज ५ सयको हाराहारीमा काठमाडौँमा विद्यालयहरु सदस्य भएका छन् ।

कागेश्वरी मनोहराको अवस्थामा हेर्ने हो भने हिजो यहाँ नगर कमिटि बनाउँदा ५ वटा विद्यालयको नाम लिएर सुरुवात गरिएको थियो भने आज १७ वटा विद्यालयहरु हाम्रै सदस्यमा आवद्ध छन् । हाम्रो संगठनको गतिविधिले गर्दा हामीले जुन सबै क्षेत्रको आवश्यकतालाई काम गरेका छौँ ।त्यो सबैजनाले महसुस गर्नु भएको छ । त्यसका कारण पनि हाम्रा काम र गतिविधिहरु द्रुतरुपमा अघि बढेको छ ।

नेस्नल प्यावस्नका सूचना गतिबिधिहरु वेबसाइटमा अपडेट देखिदैन नि ? यसमा तपाई के भन्नु हुन्छ ?
हाम्रो अहिले स्थानीय देखि केन्द«सम्म वेबसाइट अपडेट भएर संचालित छन् । काडमाडौंको जिल्लाको अलग वेबसाइट र म्यासेन्जर–फेसबुकहरुबाट सूचना उपलब्ध गराइरहेका छौँ । काठमाडौँ जिल्लामा विभिन्न विभागहरुसँगै सूचना विभाग अलगै संचालित छ । हामीले हाम्रो सामाजिक संजालका म्यासेन्जर-फेसबुक, भाइबरमा सबै सूचना, क्रियाकलापहरु अपडेट गरेका छौँ ।
कागेश्वरी मनोहराको पनि आफ्नो अलग साइट उपलब्ध छ । विभिन्न सूचना र गतिविधिहरु त्यहाँबाट जानकारी गराइरहन्छौँ ।

नेसनल प्याबसन अन्तर्गतका बिद्यालय सामाजिक सुरक्षा कोषमा आबद्ध हुने क्रम कस्तो छ ?
पछिल्लो समयमा हेर्दा नेस्नल प्याबसनलाई कतिले हेर्ने दृष्टिकोण के पनि रहयो भने  यसले सामाजिक कोषलाई सर्पोट गरेन, नेपाल सरकारको विरोध गर्यो लगायतका कुराहरु पनि हामीलाई आक्षेप लागेको थियो । तर प्याबसन र त्यहाँका साथीहरु सबै सामाजिक कोषमा सुचिकृत हुनुभयो । सबैले दर्ता गर्नुसँगै त्यस विषयमा सबैलाई आव्हान गर्नुभयो । देशव्यापीरुपमा सूचना प्रशारण गरेर सबै तहबाट सरकुलर पनि गर्नुभयो । प्याबसनका साथीहरुले २५ सय ३ हजारको संख्यामा विद्यालय छ भनेर भनिएता पनि हालसम्म ती विद्यालयहरुको नाम सामाजिक सूचना कोषमा सुचिकृत गराईएको छैन ।

तर नेसनल प्याबसनले अहिलेसम्म अडान राखेको छ नेसनल प्याबसका आधिकारीक सबै विद्यालयहरु सामाजिक कोषमा सुचिकृत भएको छैन किन भने यसमा हाम्रो अडान छ र हाम्रो धारणा पनि प्रस्ट–फरक रहेको छ । किनकी कुनै पनि व्यक्ति, श्रमिकले सामाजिक सुरक्षा कोषमा सुचिकृत हुँदै गर्दा ,आफ्ना संचालित विद्यालयहरु सुचिकृत हुँदै गर्दा यदि संस्था नै बाँचेन भने त्यो सँस्थाभित्र कर्मचारी रहने वातावरणको श्रृजना गर्न सक्ने स्थिति भएन भने एउटा व्यक्तिकोे आइडी नं मात्र लिएर यो देशमा सामाजिक सुरक्षा कोषमा निजी तवरबाट फड्को मार्न सक्दैन । यसको अर्थ पूर्णरुपले नेपाल सरकारको विरोध गरेको होइन । त्यसकारण हामी केही कुरामा यसमा जान तयार छौँ । हाम्रो कार्यक्रम छ । तर यस भित्र केही कठिनाइहरु छन् ।

एउटा श्रमिकले अहिले खाइपाइ आएको तलब–भत्ताको ३१% सामाजिक शिक्षा कोषमा डिपोजिट गर्नुपर्छ । एउटा सामान्य श्रमिकले अहिले १५ हजार तलब खान्छ भने उसले ३१% हाल्दा करिब ६ हजार रकम कोषमा जान्छ । १५ हजार जागिर खाने मानिसले जुन म्यानेज गर्नलाई माइन्ड–सेट गरेको छ, ३१% जम्मा गर्ने वित्तिकै उसको पारिवारीक जिवन र योजनाहरु बिग्रन्छ । आर्थिक हिसाबले उसको जिवन निकै अपठ्यारो हुन्छ । ती कामदार, श्रमिकले आज भने खान–लाउन पाउँदैन समस्या पर्छ अनि २० वर्ष पछि एकमुस्ट पेनसन आउँछ भनेर के गर्ने ? यस्तो अवस्थाले कर्मचारी मारमा परेका छन् । यस्तो कोषको नियम भएकोले केन्द्रले, प्रदेशले, जिल्लाले एकदम गहन ढङ्घले अध्ययन गरेर, श्रमिकहरुसँग व्यापक छलफल गरेर संबन्धित निकायहरुसँग सुरक्षा कोषका मन्त्रीदेखि प्रमुख कार्यकारी अधिकृतसँग कयौँ पटक बैठक बसेर पनि हाम्रो धारणालाई उहाँहरुले सहमति दिनसक्नु भएन । त्यो रुपमा यो धारणालाई हामीले स्वीकार गर्ने अबस्था छैन । यदि यो सब कुरामा सरकारले ध्यानाकार्षण गर्यो भने हामी यो कोषमा पनि सहमति जनाएर सहभागि हुन तयार छौँ । त्यस कारण यो कुरामा पनि प्याबसन र नेस्नल प्याबसन बिच अन्तर देखिएको छ ।

नेस्नल प्याबसनको स्थापना अघि र पछि निजी विद्यालयमा के फरक पाउनु भएको छ ?
यदि आवश्यकता थिएन भने त हिजो एउटै संगठन , आज नेस्नल प्याबसनको २८ सय देखि ३ हजार सम्मको देशव्यापी रुपमा विद्यालयहरु सदस्य छन् । प्याबसन र नेस्नल प्याबसन बीचको ठूलो विभेद छैन, मात्र के हो भने नेस्नल प्याबसनले संचालन स्रोतको व्यवस्थापन गर्छ । प्याबसन सामुहिक सहकारी मोडलबाट चल्छ, त्यस्को लगानी नाफाको हैसियतको कुरा लगानीकर्ताले गर्न पाउदैनन् । यसको निर्णय प्याबसनले गर्न सक्दैन ।

तर नेस्नल प्याबसन जन्मिसकेपछि उसको लगानीको संरक्षण हुन्छ । उसको सम्पत्तीको सुरक्षा सही मुल्यांकन हुन्छ । उसले कमाएको नाफा लगानीकर्ताले लिन पाउँछ त्यसकारण नेस्नल प्याबसन कम्पनीको धाराको अनुसार संचालित छ । किनकी निजी विद्यालय भन्ने बित्तिकै लागानी व्यक्तिगत हुन्छ ।त्यसकारण व्यत्तिले लगानी गरेर सरकारले गुठीमा लगेर समायोजन गर्ने हो भने निजी विद्यालयको गुणस्तर, लगानीको संरक्षणको जिम्मा कस्ले लिने भन्ने कुरा अन्योल छ । त्यो कुरालाई प्याबसनले वकालत गर्न नसकेर नेस्नल प्याबसनले जन्म लिएको हो ।

यो अर्थमा अहिले नेस्नल प्याबसनलाई कसरी हेरिंदै छ भने पछिल्लो समयमा एउटा कम्पनी एक्ट(धारा)अनुसार चल्यो त्यसकारण लगानी गरेपछि केही मुनाफा हुन्छ भन्ने आशले, सुरक्षणको हिसाबले त्यो प्रलोभनबाट लगानीको ठाउँ सृजना भएको छ ।
यदि आज मैले संचालन गर्दै गरेको विद्यालय बेच्न चाँहे भने त्यो केबल मेरो निर्णय हुन्छ तर गुठीबाट संचालित भएको विद्यालयले आफैले त्यो निर्णय गर्न सक्दैन । त्यसको मुनाफा पनि सामुहिक रुपमा बाँडफाड गर्नुपर्ने हुन्छ र निर्णय पनि गुठीले नै गर्नु पर्ने हुन्छ । नेस्नल प्याबसनको आवश्यकता महसुुस भएर आज धेरै विद्यालयहरु यसको सदस्य बन्नु भएको छ ।

देशव्यापी रुपमा विभिन्न विवाद चलिरहेको बेला विद्यालय संचालन गर्ने विषय, शुल्क बृद्धि, गुणस्तर, कार्यक्रममा सहभागीता हुने कुराहरु, समाजिक योगदानको कुरा, सामुहिक सुरक्षा, श्रमिकको हकहितका कुराहरुलाई हेर्दा पनि आम रुपमा धेरै प्याबसनको विद्यालयहरु अहिले नेस्नल प्याबसनमा आवद्ध हुने क्रम जारी छ ।

प्याबसनले बोल्यो तर अडिग हुन सकेन तर एनप्याबसन यी सब कुरालाई लिएर एक्लै भए पनि अडिक रह्यो । हामी सहभागी हुदैनौ र रिजरभेसन छैन, हाम्रो कुराहरु मुल्याङ्कन भए मात्र राष्ट्रिय रुपमा सहभागी हुन्छौँ । वास्तवमा विद्यालयको निम्ति नेस्नल प्याबसनले बोल्छ भनेर अहिले यसको सदस्यको संख्यामा वृद्धि भएको छ । हेर्दा उस्तै भएता पनि संगठन फरक रहेको छ ।
देशव्यापी रुपमा अबस्था हेर्ने हो भने विगतको तुलनामा धेरै परिवर्तन भएको छ , निजी क्षेत्रको लगानीमा संचालित विद्यालयको निम्ति भने नेस्नल प्याबसनले ठुलो भुमिका खेलेको छ ।

अन्त्यमा विद्यार्थी र निजी विद्यालयलाई तपाईको सन्देश ?
निजी विद्यालयको संचालकको हैसियतले भन्दा संचालित भएका निजी विद्यालयहरु संस्थागत हुन र नियमसँग चल्न जरुरी छ । देशको संरचना, सरकारले ल्याएको कानुन, विधि र प्रणाली अनुसार संचालन हुनुपर्छ तर कतिपय कानुनका कुराहरुलाई पनि हामीले बसेर छलफल गरेर सच्याउनु पनि पर्ने हुन्छ । यसलाई सच्याइसकेपछि संस्थागत रुपमा एकतावद्धता भएर अगाडी बढ्न सक्नुपर्छ । आमरुपमा यसको धारणालाई निजी विद्यालयको बीचमा बहस र छलफल गरेको आधारमा मात्र सांगठनिक गतिविधिलाई अगाडी बढाउनु पर्छ । हाम्रो विद्यालयहरुलाई अभिभावकको माग अनुसार अबको एक्काइसौं सताब्दीको शिक्षाको माग, विद्यार्थीको चाहना, समग्र देशको प्रणाली अनुसार चल्यो भने हामी सफल हुनसक्छौँ । त्यसकारण हामी पनि प्रस्ट भएर नियम परिधि भित्र रहेर विद्यालय संचालन गरौ ।

प्रतिकृया