• ३ साउन २०८३, आइतबार
  • ९:२४ बिहान

छुट्ने बितिक्कै सरकारलाई दुर्गा प्रसाईंले दएि यस्तो चेतावनी

प्रकाशित मिति

२०८२ फाल्गुन १३ गते, बुधबार ०४:१४

१३ फाल्गुन,२०८२ काठमाडौं – निर्वाचन बहिष्कार गर्दै आएका दुर्गा प्रसाईंले सरकारलाई हिम्मत भए पूर्व राजा ज्ञानेन्द्र शाहलाई थुनेर देखाउन चुनौती दिएका छन्। फागुन ४ गते सार्वजनिक शान्तिविरुद्धको आरोपमा पक्राउ परेकी प्रसाईं बुधबार थुनामुक्त भएकी हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँको गेटमा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई पनि चुनौती दिए। प्रसाईंले सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र मेघराज पोखरेललाई समेत हिजो यसै चुनौती दिएकी बताइन्। उनले भनिन्, “हिम्मत भए पूर्व राजालाई थुनेर देखाउनुस्।”

Kamana Sewa

आफूलाई पटक–पटक पक्राउ गरिए पनि निर्वाचन बहिष्कारको अडान नछाड्ने प्रसाईंले स्पष्ट पारेकी छन् कि यो वर्ष १३ पटक थुनिए पनि देशमा राजा नल्याएकै अवस्था सम्म आन्दोलन रोकिँदैन।

Classic Tech Desktop

उनको यो अडानले राजनीतिक एवं सामाजिक बहसमा नयाँ चेतावनी र ध्यानाकर्षण पैदा गरेको छ।

प्रतिकृया