• 10:26 am

उर्जाको विकास समग्र देशको विकाससँग अन्योन्याश्रित भएर जोडिएको छ : अध्यक्ष कार्की

प्रकाशित मिति

२०८१ बैशाख १२ गते, बुधबार ०७:३५

सुवास कुँवरवैशाख १२, २०८१ काठमाडौँ: हाइड्रो क्षेत्रमा नीजि क्षेत्र पनि आउन थालेपछि सन् २००१ मा इप्पानको स्थापना भएको थियो । यसको स्थापनाको मुख्य उद्देश्य नीजि क्षेत्रको हक हित र नीजि क्षेत्र र सरकारको बीचमा एउटा पुलको रुपमा काम गर्ने संस्थाको आवश्यकता महशुस गरि यसको स्थापना भएको हो । यसले मुख्य रुपमा नीजि क्षेत्रका हकहितका कुराहरुलाई सरकारसँग लविङ गर्ने गर्दछ । यसले जलविद्युतलाई लगानी मैत्री बनाउन पर्ने कुरा उठाइरहेको छ । उत्पादित विद्युत कसरी खपत गराउने र छिमेकी मुलुकमा कसरी निर्यात गर्ने भन्ने कुरामा यसले लबिङ गरिराखेको छ ।

झापामा जन्मेका गणेश कार्की अहिले इप्पानको अध्यक्ष छन् । उनी कलेज पढ्दा देखि नै कराँतेका खेलाडी हुन् । उनको व्यापारिक जीवन २०४३ सालदेखि गलैंचा उद्योगको धागोको व्यापारबाट शुरु भएको थियो । गलैचा उद्योग, पस्मिना उद्योग र सन् २००० देखि जलविद्युतको इक्वीपमेन्ट व्यापार देखि जलविद्युतमा लगानी लगायतका विविध कार्यमा संलग्न भए । यसै क्रममा चिउरी खोला जलविद्युतको म्यानेजिङ डाइरेक्टरको रुपमा कार्य गरे । हालसालै बेनि हाइड्रोपावर लगायत कतिपय बन्दै गरेका प्रोजेक्टहरुमा पनि संलग्न रहेर उनले कार्य गरेका छन् । उनी मरिससको नेपालको लागि वाणिज्य दुत पनि छन् । अध्यक्ष कार्कीसँग इप्पानले वैशाख १२ गतेदेखि आयोजना गर्न लागेको हिमालयन हाइड्रो एक्स्पो, इप्पानले उर्जा क्षेत्रमा गरेको योगदान आदि सेरोफेरोमा रहेर मातृभूमिन्यूजसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश ।

इप्पानसँग हाइड्रोपावरसँग सम्बन्धित मात्रै संस्थाहरु आबद्ध छन् कि अरु संस्थाहरु पनि छन् ? अरु कस्ता संस्थाहरु आबद्ध छन् ?

शुरुमा हाइड्रोभन्दा बाहेक अरु संस्थाहरु थिएनन् । अहिले आएर हाइड्रोभन्दा बाहेक थुप्रै सोलार सम्बन्धी हाम्रा सदस्यहरु छन् । नेपालमा हाइड्रो र सोलार बाहेक अरु त्यति धेरै विकास भैसकेको छैन । अहिले हाम्रो जोड भनेको मुख्यतया हाइड्रो र सोलार नै हो ।

अहिलेसम्म इप्पानले गरेका महत्वपूर्ण कार्यहरु के के हुन् ?

हाइड्रो सेक्टरमा प्राइभेट सेक्टरले ८० प्रतिशतभन्दा बढी जुन लगानी गरेको छ, उनीहरुलाई यो स्थानसम्म पु¥याउन इप्पानको ठूलो भूमिका छ । इप्पानले सरकार र प्राइभेट सेक्टरको बीच एउटा पुलको काम पनि गरेको छ । हामीकहाँ थुप्रै नीतिगत समस्याहरु छन्, हामीले ती कुरा उठाएर यसलाई जलविद्युतमैत्री वा लगानी मैत्री बनाउनको लागि विशेष पहल गरेका छौं । देशमा लगानी भित्रयाउनुप¥यो, नेपाली लगानीकर्ताले पनि लगानी गर्नुप¥यो । यसको निम्ति मैत्रीपूर्ण वातावरण बनाउनको लागि प्राइभेट सेक्टर र सरकार दुवैलाई संगसंगै लिएर हिंड्ने काम यसले गरेको छ ।

नेपालमा उर्जा उत्पादक संस्थाहरुको भविष्य कस्तो छ ?

अहिलेको परिस्थितिलाई हेर्दा उर्जा भन्दा अरुको भविष्य देखिएको छैन । मानिसले उर्जा भन्नासाथ यसलाई बत्तीसँग जोड्दछ । तर वास्तवमा यसो होइन किनकी यसले बत्ती मात्रै बाल्ने काम गर्दैन । जस्तो हामीले १० मेगावाटको सोलार र १० मेगावाटको हाइड्रो परियोजना ग-यौं भने सोलार त कुनै ठाउँमा सेटअप गरिन्छ र बत्ती निस्कन्छ । तर १० मेगावाटको हाइड्रोको प्रोजेक्ट कतै ग-यौं भने पहिले बाटो बन्छ । बाटो बनाउँदा स्थानीय मानिसहरुले काम पाउँछन्, त्यहाँ पसलहरु खुल्दै जान्छन्, अनि रेष्टुरेन्ट खुल्दछ, होटल खुल्दछ, स्थानीयहरुले काम पाउँदछन् । यो उर्जा भन्ने कुरा विकाससँग जोडिएको छ । अहिले हामी देश विकासको कुरा गरिराखेका छौ । यो विकाससँग जोडिएको हुनाले जलविद्युतको निकै महत्व छ । यो सँगसँगै कन्स्ट्रक्सनको काम गरिसकेपछि यसमा सबै नेपाली सामाग्रीहरु प्रयोग हुन्छ । नेपाली सामाग्री, नेपाली कामदार, नेपाली ठेकेदार, नेपाली बैंक, नेपाली इन्स्युरेन्स कम्पनी यसरी देशभित्रकै सबै संस्थाहरुले व्यापार पनि पाउँदै जान्छ, त्यसैले यसको महत्व फरक खालको छ । यसले नेपालको आर्थिक स्थिति नै चलायमान बनाइदिन्छ । अहिलेको कुरा गर्ने हो भने नेपालका जति उद्योगधन्दा कलकारखानाहरु छन्, अहिले लगभग बन्द जस्तो छ, कहिं कतै केही खपत छैन । तर हाइड्रोको कन्स्ट्रक्सनाको काम हुँदा यसले रोजगारीको सिर्जना गर्दछ । कन्ट्रयाक्टरको क्षमता वृद्धि गर्दछ, कामदारहरुको पनि क्षमता वृद्धि गरेर उनीहरुलाई माथि पु-याइदिने बाटो बनाइदिन्छ । त्यसकारण जलविद्युत समग्र देशको विकाससँग जोडिएको छ ।

इप्पानसँग आबद्ध संस्थाहरुले अहिले कति मेगावाट विद्युत उत्पादन गरेको छ र कति निर्यात गरेको छ ?

विदेशमा विद्युत निर्यात गर्नको निम्ति सरकारले नीजि क्षेत्रलाई लाइसेन्स दिएको छैन । उत्पादनको कुरा गर्ने हो भने अहिले ३००० मेगावाट जम्मा उत्पादन भएकोमा २३, २४ सय मेगावाट जति त प्राइभेट सेक्टरको नै छ । अहिले पीपीए रोकेर अगाडि बढ्न नदिएर हो, बीपीए खोलेको भए धेरै हुन्थ्यो । उर्जा विकास र सँगैसँगै देश विकासको लागि प्राइभेट सेक्टरको उल्लेखनीय योगदान छ ।

विद्युत उत्पादनका सम्बन्धमा नेपालका हाइड्रोपावर संस्थाहरुले के कस्ता चुनौतीहरु भोग्नु परेको छ ?

चुनौती त धेरै छ, चुनौती नै चुनौती छ । जग्गा खरिददेखि हदबन्दीको कुरा छ, पीपीए भएको छैन, फाइनान्सहरु गरेका छैन । इन्स्युरेन्स कम्पनीले इन्स्योरेन्स गर्दिन भन्न थालिसकेका छन्, त्यसैगरी विद्युत उत्पादन भैसकेपछि पनि यिनीहरुले कतिपय ठाउँमा बिजुली किनिदिएको छैन । चुनौतीको बाबजुद पनि काम किन गरिराखेका छन् भने यो चुनौती अल्पकालिन होला, यसलाई कुनै नै कुनै तरिकाले सरकारले सम्बोधन गर्दछ भन्ने विश्वासले नै अगाडि बढिराखेका छन् । यसको बाबजुद अरु गर्नुपर्ने ठाउँ पनि छैन । अहिले यो अघि बढे पछि मात्र अरु बढ्ने देखियो । चुनौतीका बाबजुद पनि सरकार अगाडि बढ्दछ र साथ दिन्छ भन्ने आशा छ । अहिले भारतले पनि बिजुली किनिदिन्छु भनेकोले कुराहरु सकारात्मक ढंगले अगाडि बढ्दछ भन्ने आशा गरेका छौं ।

कुन कुन समस्यामा सम्बोधन भयो भने नेपालले प्रचुर मात्रामा विद्युत उत्पादन गर्न सक्दछ ?

सबैभन्दा ठूलो कुरा त सरकारले नीतिगत सुधारहरु गर्नुपर्दछ । अहिले लगानी सम्मेलन अगाडि १० वटा कानुन संशोधन गर्ने भनेको छ, वनका कानुनहरु छन्, जग्गा प्राप्तिका कानुन छन्, त्यसपछि डिपीए समयमै गरिदिने, बैंकले फाइनान्स गरिदिने, यी कुराहरुलाई अलि सहजीकरण गरिदियो र २, ३ महिनाभित्र यो काम गरिदिने भनेर डेडलाइन दियो भने अलिकता सजिलो हुन्छ । नत्रभने लाइसेन्स लिनलाई ५ वर्ष लाग्यो भने प्रोजेक्ट १० वर्ष भित्रमा बन्दैन, त्यसकारण यसलाई अलि सहज र सहजीकरण गरिदिनुपर्दछ ।

आगामी वैशाख १२ गतेदेखि हुने हिमालयन हाइड्रो एक्स्पोमा कुन कुन देशहरु सहभागि हुँदैछन् ?

१२ वटा देशले निश्चित गरिसकेका छन्, युरोपका कतिपय देशहरु छन् । भारत छ, नेपालका त निकै प्रोडक्टहरु छनु । नेपालका प्रोडक्टहरुलाई हौसला दिनुपर्दछ भन्ने हाम्रो उद्देश्य हो । भारत त मुख्य भैहाल्यो, साथै चीन छ । त्यसपछि युरोपका छन्, क्यानेडियन कम्पनीहरु छन् । १२ वटा देशका सरकारी कम्पनीहरु पनि आउन सक्दछन् ।

उर्जा विकासमा यो एक्स्पोको महत्वहरु के के रहेका छन् ? हाइड्रो एक्स्पोको मुख्य उद्देश्यहरु के के हुन् ?

नेपाल सरकार सन् २०३५ सालसम्म २८००० मेगावाट विजुली उत्पादन गर्ने भनेर लक्ष्य लिएर अगाडि बढेको छ । एक्स्पोले गर्दा त्यो लक्ष्य पुरा गर्नको निम्ति सरकारलाई सहज हुन्छ र यसमा नीजि क्षेत्रको ठूलो योगदान हुनेछ । एक्स्पोमा आउनेहरुले सामानहरु बेच्छन्, उनीहरुले सामानहरु मात्रै प्रदर्शन गर्दैनन् कि उनीहरुले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको छ, त्यसले गर्दा हामी लगानी पनि गर्ने भनेर अगाडि बढ्न थालेका छन् । हाम्रो मुख्य उद्देश्य भनेको लगानी भित्र्याउने हो । नेपाल सरकारले राखेको लक्ष्यलाई पुरा गराउन हामीले सहजीकरण गर्ने हो । अहिले नेपाल सरकारले गर्न लागेको लगानी सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउनको निम्ति पनि यो एक्स्पोको महत्वपूर्ण भूमिका हुनेछ ।

अहिले हुन लागिरहेको एक्स्पो पहिलेका एक्स्पोभन्दा के कुराले भिन्न छ ?

धेरै कुराले भिन्न छ । पहिला हाम्रो सपना त्यति ठूलो थिएन । नेपालको बिजुली कहाँ जान्छ, कहाँ बिक्छ, बनाउँछन् कि बनाउँदैनन् भन्ने थियो । अहिले त भारतले किनुदिन्छु भनेर भनिसक्यो । अनि नेपालमा पनि १३००० मेगावाट खपत गर्ने भनेर योजना ल्याइसक्यो । अहिले संसारभरिकाले क्लिन इनर्जी प्रयोग गर्नुपर्दछ भन्न थालिसके । अहिले इन्भेष्टमेन्टको हिसाबले अलिकता सकारात्मक भएर हिंडेको छ । त्यसैले पहिलाको र अहिलेको सोंच, भाग लिने मान्छेहरु धेरै कुरा फरक छ । अब उर्जाको बजार भनेको नेपाल हो । लगानी गर्ने ठाउँ भनेको नेपाल नै हो भनेर अगाडि बढेका छन् ।

नेपालको उर्जा क्षेत्रमा वैदेशिक लगानीको के महत्व छ र के अवस्था छ ?

अहिले लगानी गर्नुपर्दछ भन्ने उद्देश्यले अगाडि बढेको अवस्था छ । विदेशीले त्यत्तिकै लगानी गर्दैनन् । नेपाली लगानीकर्तालाई पनि लगानीको वातावरण बनाइदिनुपर्दछ । नीतिगत सुधार गरिदिनुप-यो । विदेशीलाई पनि नेपालमा किन लगानी गर्ने र नेपालमा लगानी गर्दा के फाइदा छ भन्ने हिसाबले सरकारले स्पष्ट रुपले भनिदिन सक्नुप-यो । हाम्रा देशका कानुनहरु यस्ता छन्, त्यसकारण लगानी गर, प्रतिफल लैजाउ भन्न सक्नुप-यो ।

विशेष गरी ऊर्जा क्षेत्रमा सहकार्य र नवप्रवर्तनलाई बढावा दिने सन्दर्भमा एक्स्पोबाट के हासिल गर्ने आशा गर्नुहुन्छ ?

एक्स्पोबाट धेरै आशा गर्न सकिन्छ । यसमा सम्पूर्ण प्रोडक्ट एकै ठाउँमा भेट्न सकिन्छ । नेपालका धेरै संस्थाहरुले आफ्ना सामानहरु प्रदर्शन गर्दछन् । लगानीकर्ताहरु आउँछन् । यसमा थुप्रै खालका शिक्षणहरु छन्, शिक्षणहरुको बारेमा थाहा पाइन्छ । जानकारी लिने र दिने काम हुन्छ । लगानी किन गर्ने भन्ने कुरामा पनि स्पष्ट व्याख्या हुन्छ । विदेशी लगानीकर्ता आउँछन्, संसारका ठूला ठूला कम्पनिका मानिसहरु आउँछन् । विद्यार्थीदेखि सबैलाई ज्ञान हासिल गर्ने सेसनहरु छन् । यी कारणहरुले गर्दा यसको धेरै महत्व छ ।

अन्त्यमा,
नेपाल सरकारले नीजि क्षेत्रलाई सँगसँगै लिएर अगाडि हिंड्नुप¥यो । लगानीको सरकारले लिएको सपनालाई पुरा गर्नको लागि प्राइभेट सेक्टरहरुले पनि त्यत्तिकै साथ दिन्छन् र एक्स्पोमा बढी भन्दा बढी नेपाली जनता आएर यसको लाभ लिनुप¥यो ।

प्रतिकृया