• १५ असोज २०८३, बिहीबार
  • ५ः१४ बिहान

निर्वाचनमा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने

प्रकाशित मिति

२०८२ फाल्गुन १३ गते, बुधबार ०३:५९

१३ फाल्गुन,२०८२ काठमाडौं – निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षाकर्मी घाइते भएमा सम्पूर्ण उपचार खर्च राज्यले बेहोर्ने निर्णय गरेको हो।

National Life

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्याल ले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन्।

त्यस्तै, निर्वाचन अवधिमा ड्युटीका क्रममा ज्यान गुमाउने सुरक्षाकर्मीका आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ। निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षाकर्मीको महत्वपूर्ण भूमिकालाई ध्यानमा राख्दै सरकारले राहत तथा संरक्षणका यी निर्णयहरू गरेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया