• १५ असोज २०८३, बिहीबार
  • ४ः३७ बिहान

सर्वोच्च अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

प्रकाशित मिति

२०८२ फाल्गुन १३ गते, बुधबार ०३:३१

१३ फाल्गुन,२०८२ काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन्। मंगलबार सर्वोच्च अदालत का न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको थियो।

National Life

जिल्ला प्रहरी परिसरको हिरासतमा गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै निर्वाचन आयोग ले प्रहरीलाई कारबाहीका लागि पत्राचार गरेको थियो। सोही आधारमा प्रहरीले प्रसाईंलाई फागुन ४ गते काठमाडौंबाट पक्राउ गरेको थियो।

सर्वोच्च अदालतले मंगलबार नै रिहा गर्न आदेश जारी गरे पनि कार्यालय समयभित्र आवश्यक प्रशासनिक प्रक्रिया पूरा हुन नसकेपछि उनी बुधबार मात्र हिरासत मुक्त भएका हुन्। अदालतको आदेशसँगै प्रसाईंको पक्राउ र हिरासत सम्बन्धी विषयले नयाँ राजनीतिक तथा कानुनी बहससमेत उत्पन्न गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया