• ४ साउन २०८३, सोमबार
  • ७:४२ बेलुका

मन्त्रिपरिषद् बैठकका यस्ता छन् मुख्य ९ निर्णय

प्रकाशित मिति

२०८२ फाल्गुन १३ गते, बुधबार ०३:२२

१३ फाल्गुन,२०८२ काठमाडौं – मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विभिन्न महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्याल ले मंगलबार बसेको बैठकका निर्णयहरू बुधबार सार्वजनिक गरेका हुन्।

निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा

सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा फागुन २०, २१ र २२ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। निर्वाचनको तयारी, मतदान र मतगणनालाई सहज बनाउन उक्त निर्णय गरिएको जनाइएको छ।

Kamana Sewa

सुरक्षाकर्मीलाई राहत प्याकेज

निर्वाचनका क्रममा घाइते हुने प्रहरी कर्मचारीहरूको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरिएको छ। साथै सो अवधिमा कुनै सुरक्षाकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइनेछ।

Classic Tech Desktop

चक्रपथ सुधार आयोजनामा कर छुट

चीन सरकारको अनुदान सहयोगमा सञ्चालन हुन लागेको काठमाडौं चक्रपथ सुधार आयोजना अन्तर्गत ‘कलंकीदेखि वसुन्धरासम्म’ खण्डमा आयोजना कार्यान्वयन सम्झौतामा उल्लेखित विषयहरूमा कर छुट दिने निर्णय गरिएको छ।

परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण अनुमोदन

फागुन ४ देखि ७ गतेसम्म बंगलादेशमा सम्पन्न शपथग्रहण समारोहमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका परराष्ट्रमन्त्रीको भ्रमणलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ।

रेडक्रस तदर्थ समितिको म्याद थप

नेपाल रेडक्रस सोसाइटी को केन्द्रीय कार्यसमितिको तदर्थ समितिलाई २०८३ साल असार मसान्तसम्म निरन्तरता दिने तथा सो अवधिभित्र नयाँ कार्यसमिति गठन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ।

यातायात जाँचबुझ आयोगको कार्यावधि थप

यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेश कार्यान्वयनका लागि गठित जाँचबुझ आयोगको कार्य अवधि एक महिना थप गरिएको छ।

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता स्वीकृति

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई फ्रान्समा आयोजना हुने ‘२१औं इन्टरपोल एनुअल हेड्स अफ एनसीबी कन्फ्रेन्स’मा सहभागी हुन स्वीकृति प्रदान गरिएको छ।

यस्तै, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशीलाई भारतमा आयोजना हुने ‘रेसिना इनसाइट्स फोरम २०२६’ मा सहभागी हुन अनुमति दिइएको छ।

बेलायती उपाधि ग्रहण गर्न स्वीकृति

सरकारले हितमान गुरुङलाई बेलायतका राजाबाट प्रदान गरिने ‘मस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर’ उपाधि ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले निर्वाचन, पूर्वाधार विकास तथा प्रशासनिक विषयसँग सम्बन्धित विविध निर्णयहरू गर्दै सरकारको नियमित कार्यसूचीलाई अगाडि बढाएको जनाएको छ।

प्रतिकृया