• १३ असोज २०८३, मंगलबार
  • ३ः३७ दिउँसो

नेपाल स्टक एक्सचेञ्ज १०.३० अंकले उकालो, जीवन बीमा समूहमा सर्वाधिक चमक

प्रकाशित मिति

२०८२ फाल्गुन १३ गते, बुधबार ०३:१३

१३ फाल्गुन,२०८२ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १०.३० अंकले वृद्धि हुँदै २६४८.९० बिन्दुमा कायम भएको छ। पछिल्लो केही दिनको उतारचढावपछि बजारमा हरियाली छाउँदै लगानीकर्तामा उत्साह देखिएको हो।

National Life

आज कुल ३३३ कम्पनीका १ करोड ४ लाख ५६ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकम मध्यमस्तरमा देखिए पनि बजारमा सकारात्मक माहोल कायम भएको विश्लेषकहरू बताउँछन्।

यसदिन कारोबारमा आएका १३ उपसूचकमध्ये १० उपसूचकमा हरियाली देखिएको छ। विशेषगरी जीवन बीमा समूहमा सर्वाधिक वृद्धि भएको छ। जीवन बीमा समूहको उपसूचक १.७९ प्रतिशतले बढ्दै अग्रस्थानमा रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अन्य समूहहरूमा पनि सुधार देखिएसँगै समग्र बजार सकारात्मक दिशातर्फ उन्मुख भएको देखिन्छ। बजारमा सुधारसँगै आगामी दिनमा पनि लगानीकर्ताको सक्रियता बढ्ने अपेक्षा गरिएको छ।

प्रतिकृया