मध्यपुर यूथ एसोसियनका खेलाडीहरुलाई खेलकुद सामग्री वितरण, खेलाडी भए हर्षित
प्रकाशित मिति
२०७६ फाल्गुन ६ गते, मंगलवार ०६:१९
भक्तपुर, लि–निङ्ग नेपाल (LI-NING NEPAL) संस्थाले फुटबल खेल सामग्री वितरण गरेको छ । ‘शिक्षाका लागि फुटबल खेल’ मुल नाराका साथ अगाडी बढी रहेको मध्यपुर यूथ एसोसियनका खेलाडीहरुलाई संस्थाले खेल सामग्री वितरण गरेको हो । संस्थाका अध्यक्ष राजन महर्जनले बुट ३८ थान,जर्सी ३२ थान लगायत चार लाख बराबरको खेल सामग्री एसोसियनका अध्यक्ष उपेन्द्रमान सिंहलाई हस्तान्तरण गर्नुभएको हो ।
‘शहिद स्मारक ‘बी’ डिभिजन लिग–२०७६’ को लागि संस्थाले गठ्ठाघरस्थित रहेको एसोसियनको फुटबल ग्राउण्डमा खेल सामग्री वितरण गरिएको थियो । कार्यक्रममा एसोसियनका अध्यक्ष सिंहले खेलाडीहरुलाई ‘बी’ डिभिजन लिगका शुभकामना दिदैं इमान्दार, अनुशाशित र लगनशिल भई खेल्न आग्रह गर्नुभयो । ‘बी’ डिभिजन लिग खेलमा मात्र सहभागी नभई आउँदो दिनमा ‘शहिद स्मारक ‘ए’ डिभिजन लिगसम्म पुग्ने उदेश्य रहेको उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा संस्थाका अध्यक्ष सिंहले विगत देखि सहयोग गर्दै आएको र आगमी दिनमा पनि खेलका क्षेत्रमा उहाँले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा एसोसियनका उपाध्यक्ष अष्ट कुमार कबे, कोचहरु, समाज सेवी, स्थानिय बासीलगायत पत्राकारहरुको उपस्थिति रहेको थियो ।








प्रतिकृया