• ४ साउन २०८३, सोमबार
  • ८:२१ बेलुका

वर्षको उत्कृष्ट खेलाडी अवार्ड भारत र सरस्वतीलाई (विजेताको सूचीसहित)

प्रकाशित मिति

२०७६ फाल्गुन ६ गते, मंगलवार ०५:१०

काठमाडौं, राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास र रष्ट्रिय टोलीकी सदस्य तथा एपीएफ क्लबकी सरस्वती चौधरीले ‘एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड जितेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ ‘एनएनआईपीए’ ले मंगलबार आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा फुटबलतर्फ भरत र भलिबलतर्फको सरस्वतीले ‘एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड जितेका हुन् ।

Kamana Sewa

‘एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ को अवार्ड काठमाण्डौ महानगरपालिकका प्रमूख विद्या सुन्दर शाक्य र मध्यपुर नगरपालिकाका प्रमूख मदन सुन्दर श्रेष्ठले वितरण गर्नु भएको थियो ।

Classic Tech Desktop

वसन्तपुर डबलीमा आयोजित अवार्ड कार्यक्रममा २८ खेलका उत्कृष्ट खेलाडी सम्मानित भएका हुन् । उत्कृष्ट खेलाडी अवार्ड पाउने २८ खेलका प्रत्येक खेलाडीले जनही १०/१० हजार नगद प्राप्त गरे ।

उत्कृष्ट खेलाडी अवार्ड विजेता
फुटबल–भरत खवास
पौडी –सुभम श्रेष्ठ
भलिबल– सरस्वती चौधरी
टेबल टेनिस–नविता श्रेष्ठ
सुटिङ–सुस्मिता नेपाल
बक्सिङ– पुनम रावल
प्याराग्लाइडिङ– विमल अधिकारी
भारोत्तोलन–संजु चौधरी
लन टेनिस–प्रेरणा कोइराला
कबड्डी–मेनुका कुमारी राजवंशी
फेन्सिङ–ओमकार सिंह
स्क्वास–अमृत थापा मगर
सेपाताक्रो–रोशन तामाङ
स्पोर्ट्स क्लाईम्बिङ– पेम्बा शेर्पा
पेन्कक सिलात–गोविन्द चौधरी
कुराश –उपेन्द्र थापा
रोलर स्पोर्ट्स–मिलन शाह ठकुरी
बास्केटबल– मनिष राज उपाध्याय
तेक्वान्दो– निमा गुरुङ
ब्याडमिन्टन– दिपेश धामी
ट्रायथलन– बसन्त थारु
कराते– विजय श्रेष्ठ
जुडो– इन्द्र बहादुर श्रेष्ठ
उसु–जुनी राई
आर्चरी– तिलक पुन मगर
एथलेटिक्स– अजित कुमार यादब
गल्फ– टंक बहादुर कार्की
कुस्ती– रमेश गौतम

उदयमान खेलाडी महिला – सरस्वती चौधरी (भलिबल)
उदयमान खेलाडी पुरुष – अजित कुमार यादव (एथलेटिक्स)
गजराज आदर्श खेलाडी अवार्ड – बक्सिङ प्रशिक्षक मदन गुरुङ
स्पेशल अवार्ड –पत्रकार प्रज्वल ओली
स्पोर्ट्स जर्नालिस्ट अवार्ड –राजेन्द्र चित्रकार

प्रतिकृया