• ८ असोज २०८३, बिहीबार
  • ६ः३६ बेलुका

सांसद बस्नेतले दिए मन्त्री पुनलाई विकासबारे सुझाव

प्रकाशित मिति

२०७६ फाल्गुन ६ गते, मंगलवार ०३:४१

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विद्युत, सडक, ढल, खानेपानी लगायतका विकास निर्माणका कार्यहरु गर्दा एकिकृत तथा समन्वयात्मक तरिकाबाट व्यवस्थित रुपमा गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई सुझाव दिनुभएको छ ।

National Life

आजको प्रतिनिधिसभाको बैठकमा उजा, जलस्रोत तथा सिंचाई मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै सांसद बस्नेतले सिंचाई पुनलाई सुझाव दिनुभएको हो । सडकमा रहेका विद्युतका पोलहरुले देशभर धेरै ठाउँमा सडक विस्तार, निर्माण तथा स्तरउन्नती गर्न कठिन भइरहेको उल्लेख गर्दै सांसद बस्नेतले कामलाई व्यवस्थित तथा आर्थिक मितव्ययीताको लागि स्थानीय तहलाई पोल सार्ने कार्यहरुको जिम्मा दिनुपर्नेमा जोड दिनुभयो ।

विद्युत प्राधिकरण रुढिवादी तथा कडाई गरेका कारणमात्र नभई स्वयम् एमडीको लेभलमा गई स्वीकृत लिनुपर्ने प्रावधान बनाएको भन्ने सुन्न आएको र त्यो सत्य भए एकदम बेठिक भएको उल्लेख गर्दै सांसद बस्नेतले विद्युत प्राधिकरणले सडक विभागसँग समन्वय गर्दै पोल सार्ने कार्य तथा सडक वक्ति राख्ने कार्यलाई व्यापक मात्रामा ध्यान दिनुपर्नेमा समेत जोड दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँको प्रश्नमा मन्त्री पुनले सरकारले एकिकृत योजनाका साथ काम अघि बढाई सकेकाले आगामी दिनमा समन्वयात्क रुपमा कुनै समस्या उत्मन्न नहुने जानकारी गराउनुभयो । पहिलो चरणमा काठमाडौँबाट विजुलीको तारलाई भूमिगत गर्ने कार्य शुरु भएको र दोस्रो चरणमा भक्तपुर र ललितपुरमा गरिने जानकारी गराउँदै आवश्यक बजेटको व्यवस्थापनमा मन्त्रालय लागि परिरहेको जानकारी गराउनुभयो । त्यस्तै उहाँले भक्तपुर र ललितपुरमा आगामी आर्थिक वर्षबाट तारलाई भूमिगत गरिने समेत प्रतिवद्धता जनाउनुभयो ।

मन्त्रालयले महानगर, उपमहानगर तथा नगरपालिकासँग समन्वय गरी पार्टनरसिप गरी अघि बढिरहेको बताउँदै उहाँले स्थानीय तहसँगको सहकार्यमा सडक बक्ति राख्ने कार्यलाई तिव्रता दिइरहेको उल्लेख गर्नुभयो ।

प्रतिकृया