• ३ साउन २०८३, आइतबार
  • ४:४३ बेलुका

गलतलाई औल्याईं सही कामको प्रचारप्रसार गर्ने हो भने बिकासमा टेवा पुग्छ :किरण थापा

प्रकाशित मिति

२०७६ कार्तिक २५ गते, सोमबार ०५:१५

(सुर्यविनायक नगरपालिका वडा नंं.८ का वडा अध्यक्ष तथा नगरपालिकाका सामाजिक बिकास समिति संयोजक)

सरकारले समृद्घ नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि सारेको छ ।२०७४ सालको निर्वाचन पश्चात् निर्वाचित भएका जनप्रतिनिधिहरु बिच आफनो नगर र वडालाई उत्कृष्ट बनाउनका लागी होडबाजी चलिरहेको छ । यसै सन्दर्भमा सुर्यविनायक नगरपालिका वडा नंं.८ का वडा अध्यक्ष तथा सु.न.पा.का सामाजिक बिकास समितिका संयोजक किरण थापासंग नगरपालिका र वडाको विकास,संभावना र चुनौतिबारे मातृभुमि न्युज डट कमका लागि बन्दना खड्काद्धारा लिईएको अन्र्तवार्ताको सार ः

Kamana Sewa

वडा कार्यालयको बिकासका लागी कस्तो योजना रहेको छ ?

Classic Tech Desktop

लामो समयसम्म जनप्रतिनिधि बिहीन भएको अवस्थामा हामी निर्वाचित भए पश्चात धेरै बिकासका पुर्वाधार लगायत शिक्षा,स्वास्थ्य ,कृषि,सम्पुर्ण कुराहरुलाई समेटेर अहिले हामी अगाडि बढिरहेका छौं ।

जनतासंग कसरी समन्वय गर्नु भएको छ ?

जनताहरुले हामीलाई भोट दिंदा ठुलो अपेक्षा राख्नु भएको थियो ।त्यो अपेक्षा पुरा गर्नको लागी हामी निरन्तर रुपमा अगाडी बढिरहेका छौं । सानातिना झै झगडा ,अंश बण्डा, मेलमिलाप जस्ता सबै कुरालाई समेटेर हामी अगाडी बढ्नु पर्दछ । सम्पुर्णका समस्याहरुलाई सम्बोधन गर्न म निवार्चन भएर आए पश्चात निरन्तर लागेको छु । समग्र रुपमा भन्नु पर्दा सुर्यविनायक नगरपालिका वडा नं.८ मा त्यस्ता समस्याहरुको सहज रुपमा समाधान भैरहेको छ ।

साढे दुई बर्षको अन्तरालमा तपाइले ल्याएका योजनाहरु कतिको सफल भएको छ ?
बिगतको समयदेखि नै मैले सामाजिक क्षेत्रमा रहेर काम गरेको हो ।तत्कालिन अवस्थामा गा.बि.स. हुदा शिक्षा ,स्वास्थ्य ,खानेपानी ,बाटो लगायतका बिकासका पुर्वाधार तयार गर्न म लागेको थिए । सामाजिक संस्थामा रहेर काम गरेकै हो । हाल पनि नेपाल रेडक्रस् सोसाइटी उप शाखा भक्तपुरको उप सभापति पदमा रहेर काम गरिरहेको छु । भुकम्प गएको समयमा हामीले भक्तपुर जिल्ला, हाम्रो वडा लगायत धेरै भुकम्पले क्षति ग्रस्त बनाएको क्षेत्रहरुको उद्धार गर्ने जस्ता धेरै क्षेत्रहरुमा रहेर कार्यहरु गर्दै आएको हुनाले मलाई त्यस्तो अप्ठ्यारो केही छैन । बिगतको स्थानिय तहको निर्वाचन हुनुभन्दा पहिलाको साविक गाविस सिपाडोलको अवस्था र हाल निर्वाचन भए पश्चात सुर्यविनायक नगरपालिका वडा नं.८ सिपाडोलको अवस्था हेर्दा कायापलट नै भएको छ । खाने पानी,बाटो,पुल,शिक्षा,स्वास्थ्य हरेक क्षेत्रलाई समेटेर बिकासका पुर्वाधार तयार गर्न हामी अगाडी बढिरहेका छौं।

शिक्षा,स्वास्थ्य र कृषिको पाटोलाई कसरी समेट्नु भएको छ ?

शिक्षाको सन्र्दभमा मैले मेरो वडा मात्रै नभई सुर्यविनायक नगरपालिकाकै सामाजिक बिकास समितिको संयोजक भएको हुनाले महिला बिकास, शिक्षा, स्वास्थ्य, सामाजिक संघ संस्था सामाजिक बिकास समिति अन्र्तगत पर्दछ ।
हामी निर्वाचन भएर आए पश्चात सुर्यविनायक नगरपालिकामा शिक्षा क्षेत्रमा अरु नगरपालिका भन्दा पृथक रुपमा अगाडी बढिरहेको छ । हामीले एउटा नियम ऐन बनाएका छौ ,सामुदायिक बिद्यालय समितिको अध्यक्ष नै जनप्रतिनिधिलाई बनायांैं । एक दुई ठाउँमा मुद्धा नै परेको थियो र मुद्धा हामीले नै जित्यौं । हामीले त्यो गर्नुको मुख्य उदेश्य भनेको सामुदायिक बिद्यालय प्रति नकारात्मक सोच्ने, बिस्वास नगर्ने जुन प्रविधि छ ,त्यसलाई दुर गर्न जनप्रतिनिधिनै सामुदायिक बिद्यालयको अध्यक्ष हुनु पर्ने नियम बनाएका छौं ।

त्यस पश्चात हामीले भर्ना अभियान सुरु गर्यौं ।सुरुको बर्षमा ४० वटा सामुदायिक बिद्यालयमा ८ सय जना बिद्यार्थीहरु भर्ना भए । हामीले समय समयमा बिद्यालय अनुगमन गनर्,े नयाँ प्रविधिबाट पढाउर्नु पर्छ भनेर शिक्षकहरुलाई तालिमको व्यवस्था गर्ने इसिडि देखी कक्षा ३ सम्मको बिद्यार्थीहरुलाई अंग्रेजी माध्यमबाट पढाउने भनेर हामी अगाडी बढेका छौं ।इसिडि कक्षामा पढाउने शिक्षकहरुलाई राज्यले रु ६ हजारको रुपमा प्रति महिना तलबको रुपमा दिएको छ त्यसलाई हामीले रु २ हजार नगरपालिकाबाट थपेर रु.८ हजार पुर्याएका छौं । नगरपालिकाको छुटै परिक्षा समिति गठन गरेर परिक्षा संचालन गरेका छौं । सुर्यविनायक नगरपालिकामा शिक्षाको क्षेत्रमा हामीले गुणस्तर युक्त शिक्षा दिएका छौं ।
स्वास्थ्यको क्षेत्रमा हामीले प्रत्येक वडामा भएका स्वास्थ्य चौकीलाई सस्टेन गर्ने क्षमता वृद्धि गर्ने, आवश्यकता अनुसारको औषधि नगरपालिकाले नै खरिद गरेर बितरण गर्ने , सुर्यविनायक नगरपालिकाको अति बिकट ठाँउ कांक्राबारी,नैचाल,ध्याम्पे डाँडा जहाँ स्वास्थ्यको पहुच छैन त्यस्ता क्षेत्रमा हामीले सहरी स्वास्थ्य केन्द्र भनेर स्वास्थ्य सेवा उपलब्ध गराएका छौं । कांक्राबारी जुन नगरपालिका भरिकै दुर्गम क्षेत्र भएकाले नगरपालिकाकै लगानीमा दृई ठाँउमा रु.१५ लाखको भवन बनाएर सहरी स्वास्थ्य केन्द्र संचालन गरिसकेको छौं ।
महिला बिकास अन्र्तगत हामीले बृद्ध बृद्धालाई सम्मान गर्ने, जस्ले आफ्नो आमा बाबुलाई हेला गर्छ ,त्यस्ता उजुरी आएको खण्डमा हामीले उस्का छोरा बुहारीलाई नगरपालिकाले प्रदान गर्ने सेवा सुबिधाबाट बन्चित गर्ने नियम बनाएर हामीले काम गर्दै आएका छौं । महिलाहरुको क्षेत्रमा पनि एकल महिला,तल्लो वर्गका महिला र दलित बर्गलाई समेटेर सुर्यविनायक नगरपालिकाले काम गर्दै आएको छ ।

भौतिक पुर्वाधार बिकास गर्दा के कस्ता चुनौतिहरु आए ?
भौतिक पुर्वाधार बिकास गर्दा केही चुनौति र समस्याहरु आएकै हो । चुनौति भन्दा पनि अवसरको रुपमा लिएका छौं । नगरपालिकाले मापदण्ड बनाएको छ । ५फिटको बाटो छ तर नगरपालिकाले ६ मिटरको मापदण्ड तोकेको छ । हामीले स्थानीय बासी र जग्गा धनीहरुसंग समन्वयन गरेर ६ मिटरको बाटो खोलेका छौं । र्दािर्जलिङ् हाईट देखी चुनदेवी जाने बाटो जुन १० फिट थियो ,त्यसलाई हामीले ६ मिटरको कायम गर्र्याै ।इटबुबाट चुनदेवी जाने जुन ५ फिटको बाटो थियो हामीले ६ मिटरको बाटो बनायौ ।
बाग्मती कोल्ड स्टोरबाट चंखु जाने बाटो ६मिटरको बनाएका छौं । घ्याम्पे डाँडाबाट पार्टी भन्ज्याङ जाने बाटो ८ मिटरको बनाएका छौं ।हिन्दुहरुको पवित्र धार्मिक तीर्थस्थल केदारनाथको शिर डोलेश्वर महादेव जाने बाटोमा रु. १ करोड ७५ लाखको लागतमा पुल बनेको छ ।

यस बर्ष डेढ करोडको लागतमा अर्को पुल बन्दै छ । डोलेश्वरबाट पलासे जाने बाटो रु .११ करोड ५७ लाखमा ठेक्का भएर कालो पत्रे भैसकेको छ । सम्रगमा ८ नंं वडा कालो पत्रे भएको छ । ९ नं. वडा मंसिरसम्ममा कालो पत्रे हुदैछ । शाान्ति निकेतन माध्यामिक बिद्यालय जहाँ स्कुल, बस पार्क ,वडा कार्यलय एकै ठाँउमा भएकाले पढाईमा बाधा अवरोध नहोस् भन्दै हामीले साँढे चार रोपनी जग्गा भोग चलानको लागि सामुदायिक बिद्यालयलाई दिएका छौं ।

आफ्नो वडालाई उत्कृष्ट वनाउन के–कस्ता कदम चाल्नु भएको छ ?
मैलै आफ्नो वडालाई उत्कृष्ट बनाउनका लागि स्थानियहरुको माग, विकासका पुर्वधारको हरेक पक्षलाई समेटेर प्रत्येक क्षेत्रको कार्य गर्दै आएको छु । शिक्षाको लागि वडामा भएका विद्यालयहरुमा अनुगमन तथा शिक्षकहरुसंग विभिन्न कार्यहरु गर्ने, स्वास्थ्यमा सिपाडोल स्वास्थ्य चौकीमा राम्रा र अनुभवी डाक्टर ल्याउनुका साथै विभिन्न हेल्थ क्याम्पहरु चलाईरहेका छौ र आवश्यकता अनुसार औषधी राख्ने कार्य थालनी गरिएको छ , कृषिका लागि हामीले सिंचाईको पहल गरेका छौं ।
तीन वटा धार्मिक महत्वपुर्ण तीर्थ स्थल मेरो वडामा रहेको छ ती मन्दिरलाई धार्मिक पर्यटकीय तिर्थ स्थलको रुपमा अगाडी बढाउने प्रयास भैरहेको छ । वडाका सबै ठाउँमा बाटोको पहुँच पर्ुयाउने कार्य भैरहेको छ । माथि हाईटमा डोका चोकगडी छ, त्यो हाइटबाट २६ बटा हिमालको मनोरम दृष्यहरु देख्न सकिन्छ । त्यति मात्र नभई काठमाडौं जिल्लालाई सजिलै देख्न सकिन्छ । त्यो स्थललाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्दैछौं । जसको लागि बाटो त्यहाँ सम्म पुगिसकेको छ ।

नगरपालिकाले बजेट विनियोजन गर्दा तपाईको वडालाई आर्थिक रुपमा कतिको प्राथमिकतामा पारेको छ ?

नगरपालिकाले बजेट बिनियोजन गर्दा सुर्यविनायक नगरपालिकामा भएका दशै वटा समग्र वडालाई दामासाईकै रुपमा बजेट बिनियोजन गरेको छ । नगरपालिकाले विशेषगरी मेरो वडालाई बढि प्राथमिकता दिएको छ । भुगोलको हिसाबले ठुलो र बिकास गर्नु पर्ने धेरै भएकाले केही मात्रामा नगरपालिकाले हाम्रो वडालाई प्राथमिकिकरणमा पारेको छ ।

नागरिक वडा पत्र कतिको लागु गर्नु भएको छ ?
नगरपालिकाले तयार पारेको वडा पत्रलाई हामीले महत्वपुर्णका साथ लागु गरेका छौं । हामीले प्राथमिकरणमै राखेका छौं ।

अन्तमा तपाईको सन्देश के छ ?
हामीले साँढे दुई बर्षको अन्तरालमा गरेका कार्यहरुलाई यो मातृभुमी न्युजले प्रचार प्रसार गरेको छ । मातृभुमी न्युन प्रति आभार ब्यक्त गर्दछु ।बिकासको पुर्वाधारको अवस्था के रहेको छ ,जनप्रतिनिधिहरुले राम्रो काम गरेका छन् कि, छैनन् । यदि जनप्रतिनिधिहरुले गरेको काम गलत छ भने गलतलाई औल्याईं सहि कामको प्रचार प्रसार गर्ने हो भने बिकासमा टेवा पुग्छ र समृद्ध नेपाल बन्ने थियो ।

प्रतिकृया