• ३१ भदौ २०८३, बुधबार
  • ७ः०७ बेलुका

ब्राजिलका नागरीक दुई के.जि. एक सय ग्राम लागूऔषध सहित पक्राउ

प्रकाशित मिति

२०७६ कार्तिक २५ गते, सोमबार ०५:३५

काठमाडौं, त्रिभुवन अन्तराष्ट्रिय बिनमानस्थलको स्वर्ण गेटबाट एक जान ब्राजिलका नागरीक लागूऔषध सहित पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले बिगत लामो समय देखिको सूचना संकलन र निगरानी पश्‍चात् ६१ वर्षिय ब्राजिलका नागरीक SERGIO TRUS OGAWA लाई पक्राउ गरेको छ ।

National Life

आइतबार दिउँसो १२ः३० मा ब्राजिलको सापाउलोबाट कतार एयरवेजको उडानद्वारा दोहा हुँदै नेपाल आएका ब्राजिलका नागरीकसंग भएको कालो रातो रंगको सुटकेश खानतलासी गर्दा उक्त सुटकेश भित्र सेतो कालो रंगको पेपरले बेरी फल्सबटम बनाई प्लास्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा २ के.जी. १०० ग्राम लागू औषध कोकिन फेला परेको थियो ।

उनीमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको व्युरोले जानएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया