• ४ साउन २०८३, सोमबार
  • १:५१ बिहान

विद्युतीय बस सम्झौता विपरीत भएकाले सिंहदरबारमा थन्किए

प्रकाशित मिति

२०७६ कार्तिक ५ गते, मंगलवार ०९:५२

काठमाडौं, साझा यातायातले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले बजेट निकासा दिएर खरिद गर्न लागेको विद्युतीय बस मन्त्रालयले तोकेको मापदण्ड स्पेसिफिकेसन भन्दा फरक परेको छ ।

यसअघि काठमाडौँमा सञ्चालन गर्न उद्घाटन गरेका पाँचवटा विद्युतीय बस पनि सम्झौता विपरीत भएकाले सिंहदरबारमा थन्किएका छन् । साझाले पहिला तोकेको भन्दा फरक मापदण्डमा बस खरिदको बोलपत्र आह्वान गर्न लागेपछि मन्त्रालयले यसलाई तत्कालका लागि रोकेको बताएको छ ।

Kamana Sewa

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले तीन सय विद्युतीय बस खरिद गर्न साझा यातायातलाई गत असारमा तीन अर्ब रुपियाँ निकासा दिएको थियो ।तर चार महिना लाग्दा पनि काममा प्रगति नभएको र स्पेसिफिकेसन पनि फरक पार्न थालेको भन्दै मन्त्रालयले गत असोजमै पत्रमार्फत प्रक्रिया स्थगन गराएको थियो ।

Classic Tech Desktop

तोकेको मापदण्डभन्दा फरक बोलपत्रमा जाने हो भने मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने भन्दै मन्त्रालयले तत्कालका लागि रोकेको हो । गोर्खापत्र दैनिकबाट साभार

प्रतिकृया