• १ असोज २०८३, बिहीबार
  • ६ः०४ बेलुका

म्यानमारले दियो राष्ट्रपति भण्डारीको भ्रमणलाई उच्च प्राथमिकता

प्रकाशित मिति

२०७६ कार्तिक ५ गते, मंगलवार ०९:४५

याङ्गुन म्यानमार, राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमणबाट नेपाल–म्यानमार सम्बन्ध नयाँ उचाइमा पुगेको छ । उतिबेला बर्मा भनिने हालको म्यानमारसँग नेपालको पुरानो जनस्तरको सम्बन्धलाई राष्ट्रपतिको भ्रमणले नवीकरण गरेको छ ।

National Life

यतिमात्र होइन, लोकतान्त्रिक आन्दोलनको एक नेत्रीका रूपमा बर्माको लोकतान्त्रिक आन्दोलनका पिता बोग्योक आङ सन सङ्ग्रहालय भ्रमण गरेर दुई देशबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाएको अभिव्यक्ति यहाँका कूटनीतिज्ञ, व्यापारी, बुद्धधर्मका अनुयायी तथा सर्वसाधारणले दिएका छन् ।

म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका राष्ट्रपति भण्डारीको पाँचदिने भ्रमण असोज २९ देखि कात्तिक ३ले दुवै देशका सरकार र नागरिकस्तरमा समेत विशेष चर्चा र उच्च महत्व पाएको छ । नेपाली राष्ट्राध्यक्षको चार दशकपछि भएको यो राजकीय भ्रमणले नेपाल–म्यानमार सम्बन्धमा गुणात्मक फड्को मारेको विश्वास गरिएको छ । गोर्खापत्र दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया