• ३ साउन २०८३, आइतबार
  • ४:५४ बिहान

एकान्तकुनामा पिकअपले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

प्रकाशित मिति

२०८२ मंसिर १७ गते, बुधबार ११:१३

मंसिर १७, २०८२ काठमाडौं – ललितपुर महानगरपालिका–१३ एकान्तकुनामा गए राति पिकअपले ठक्कर दिँदा एक पैदल यात्रु महिला मृत्यु भएकी छन्। एकान्तकुनाबाट सातदोबाटोतर्फ जाँदै गरेको प्रदेश–३–०१–०२४ च ९६७४ नम्बरको पिकअपले करिब ४० वर्षीया महिलालाई बाटो काट्दै गर्दा ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिएका छन्।

ठक्करपछि पैदल यात्री विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०३१ च ४०४२ नम्बरको कारतर्फ उछिट्टिएकी थिइन्। त्यसैगरी, पिकअप रोकिएपछि पछाडिबाट दुईवटा मोटरसाइकल—ना.५७ प ३९२१ र प्रदेश–२–०२–००४ प ७२४६—ठोक्किएका छन्।

Kamana Sewa

ना.५७ प ३९२१ नम्बर मोटरसाइकलका चालक, रौतहट इशनाथ–३ का अनुराग प्रसाद कुशुहवा घाइते भएका छन्।

Classic Tech Desktop

प्रहरीले पिकअप चालक सिन्धुली सुनकोसी–६ का १९ वर्षीय हेमराज विक, कार चालक २८ वर्षीय सुशान्त महर्जन र ७२४६ नम्बर मोटरसाइकल चालक धनुषाका १९ वर्षीय सुमित शर्मालाई नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिकृया