• १७:३५ २०८० चैत्र १५ गते
  • 5:35 pm

नीजि बिद्यालय भन्दा भैरवी आधारभुत बिद्यालय कम छैन :प्रधानध्यापक बस्नेत

प्रकाशित मिति

२०७६ कार्तिक ५ गते, मंगलवार १०:२७

भनिन्छ Education is light of life , शिक्षा नै जीवनको ज्योति हो । शिक्षाको वास्तविक अर्थ हो ज्ञान हासील गर्नु । हरेक मानिसको जिवनमा शिक्षा दृष्टि नै समान हुन्छ । सामान्य भाषामा भन्नु पर्दा शिक्षा यस्तो ज्योति हो जस्ले हर मानिसलाई योग्य बनाउँदछ ।
आजको युगमा शिक्षा अति नै महत्वपुर्ण रहेको छ तर हाम्रो देशमा गुणस्तरयुक्त शिक्षाको कमीले गर्दा हरेक वर्ष हजारौं विद्यार्थीहरु गुणस्तर शिक्षाको लागी लाखौं खर्च गरेर विदेशीन बाध्य छन् । नीति नियमका कुराहरु सरकारले धेरै ल्याएता पनि शिक्षाको क्षेत्रमा हाम्रो देश अन्य देश भन्दा पछाडि नै छ ।त्यसमा पनि सामुदायिक बिद्यालयको शिक्षाको कुरा गर्दा यसको अबस्था झनै नाजुक छ ।

यसै सन्र्दभमा लामो समय देखी शिक्षा क्षेत्रमा कार्यरत श्री भैरवी आधारभुत बिद्यालय गुण्डुका प्रधानध्यापक राजकुमार बस्नेतसंग उहाँको बिद्यालयले प्राप्त गरेको सफलता,सामुदायिक बिद्यालय शिक्षाको गुणस्तर लगायत समसामयिक बिषयमा मातृभूमि न्युज डट कमका लागि बन्दना खड्काले लिनु भएको अन्र्तवार्ता :

श्री भैरवी आधारभुत बिद्यालय कति सालमा स्थापना भएको हो ?

२०३६ साल जेष्ठ महिनाको २ गते स्थापना भएको हो । स्थापना कालमा धेरै राम्रो बिद्यालयको रुपमा चिनिन्थ्यो श्री भैरवी आधारभुत बिद्यालयलाई ।तर पछिल्लो समयमा आएर अरु सामुदायिक बिद्यालय खस्किने क्रममा भैरवी आधारभुत बिद्यालय पनि खस्कियो ।
के कारणले गर्दा बिचको समयमा आएर विद्यालय खस्कियो ?

शिक्षक ,अभिभावक र विद्यार्थी सबैको कारण । शिक्षकले राम्रो संग पढाएनन्, बिद्यार्थीहरुले पढ््न चाहेनन् र अभिवाकहरुले कहिले पनि बिद्यालयमा आएर आफ्रनो छोरा छोरीको पढाई बारे चासो राखेनन् यी तिनै पक्षको कारणले गर्दा बिद्यालयले राम्रो गति लिन सकेन र खस्कियो ।

तपाई श्री भैरवी आधारभुत बिद्यालयमा कति सालमा आवद्ध हुनु भयो ?

२०४४ साल फागुन महिनामा शिक्षण पेशामा म नियुत्ति भएको थिए ।

सरकारी बिद्यालयहरुमा धेरै समस्याहरु आउछन ? नीजि बिद्यालयको तुलानमा सरकारी बिद्यालय सुधार्न नस्कनुको कारण के होला ?

नीजि बिद्यालयको तुलानमा सरकारी बिद्यालय सुधार्न नसक्नुको कारण त यस भन्दा अगाडी धेरै भए तर हाल आएर सायद मेरो नेतृत्व भएर होला मलाई त्यति   जटिल जस्तो लाग्दैन । जटिल त हुन्छ नै जति जटिल काम गर्न सक्यो त्यति नै मजा आउछ । नीजि बिद्यालयमा जस्तै गरी सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुलाई अध्यापन गराउन सकिन्छ । नीजि बिद्यालयबाट जस्तो शिक्षा पाएका हुन्छन् यस्तै शिक्षा नेपालको परिप्रक्षेमा काम लाग्ने शिक्षा सामुदायिक बिद्यालयले दिन सक्छ भनेर म पनि लागी परेको छु र सकिन्छ भनेर म आत्म विश्वासी छ र अरुलाई पनि मैले त्यही विश्वास दिलाएको छु ।

तपाईले भन्नु भयो सामान्य शिक्षकको रुपमा २०४४ सालमा उक्त बिद्यालयमा आवद्ध भए साधारण शिक्षको भुमिका निवार्ह गर्दा र हाल आएर बिद्यालयको प्रधानध्यापक जस्तो गरिमामय पदमा बसेर काम गर्दा शिक्षा क्षेत्रमा के कस्ता चुनौतीहरु आए ?

शिक्षा क्षेत्रमा चुनौतिहरु धेरै छन्, एउटा साधारण शिक्षक भएर बिद्यालयमा बिद्यार्थीहरुलाई अध्यापन गराउदा खेरी मलाई लाग्छ म सोही समय देखिनै अव्वल थिए कि जस्तो लाग्छ र अन्य अभिवाकहरुको सम्पर्क बिद्यार्थीहरुको अन्य क्रृयाकलापहरुमा स्तर उन्नती यसमा चाही अलि कमी होकी भन्ने मैले सोचेको थिए । म यदि कुनैदिन यो पोष्टमा पुगे भने म यस्तो गर्छु भन्ने सपना पनि मैले बुनेको थिए । सुरुको समय देखी यो सपना बुन्दै जादा २० औं बर्ष पछि यो पद मेरो हातमा आएको छ र यस्लाई कसरी अगाडी बढाउने भनेर चिन्तन गर्दै जाँदा भक्तपुर क्षेत्र नं.२ का सांसद महेश बस्नेत ज्यु ,जनप्रतिनिधिहरु र सकृय व्यवस्थापनले गर्दा बिद्यालयमा पढाउन आर्कषित गराउने पहलमा हामी केही मात्रामा सफल भएका छौ जस्तो मलाई लाग्छ ।

सरकारी बिद्यालयमा पढाउने शिक्षकहरुले पनि आफ्रना छोरा छोरीहरुलाई सरकारी बिद्यालयम स्कुलमा पढाउन हिच्किचाउछन् किन होला ?
सरकारी जागिर ,सरकारी शिक्षा आफंैमा कमजोर छ भन्ने कुरा शिक्षक आफैंले मनन गरेर आफ्ना बालबालिकाहरुलाई सरकारी बिद्यालयमा नपढाउने क्रम जारी नै छ। तर मेरो स्कुलमा पढाउने शिक्षक शिक्षीकाहरुले आफ्ना बालबालिकाहरुलाई नीजि बिद्यालयमा हैन आफैंले पढाउने बिद्यालयमा पढाउँदै आइरहनु भएको छ । यस भन्दा अगाडि धेरै शिक्षकहरुले आफु सामुदायिक बिद्यालयका पढाउने तर आफ्ना छोरा छोरीलाई नीजि बिद्यालयमा पढाउने प्रवृत्तिले गर्दा सामुदायीक बिद्यालय पछाडी परेको हो ।तर हाम्रो हालको व्यवस्थापन टिमले यस्तो नीति नियम लेराएको छ कि सामुदायीक बिद्यालयमा पढाउने शिक्षकले पनि अनिवार्य रुपमा आफ्ना बालबालिकाहरुलाई सोही बिद्यालयमा भर्ना गराउनु पर्ने छ भन्ने नियम लागु भएको छ र नीजि बिद्यालय भन्दा हाम्रो सामुदायिक बिद्यालय कम चाही छैन ।

बिगतको दिनमा मानिसहरुमा यस्तो भावना थियो भैरवी बिद्यालयमा बिद्यार्थी भन्दा धेरै शिक्षहरु छन र शिक्षकरु नपढाईकन घाम तापेर बस्छन भन्ने धेरै नकारात्मक कुराहरु नि आए के यो कुरा सत्य हो ?बिद्यार्थीहरुले राम्रो शिक्षा पाएनन ्भन्ने धेरै कुराहरु आए हाल तपाईको नेतृत्व मा बिद्यालय अगाडी बढेको छ कि, बिगत झै छकी व्यवस्थापन फेरिएको छ ?

सहि कुरा हो हिजो दिनमा भैरबी भनेपछी घाम ताप्ने बिद्यालयको रुपमा थियो ।७ जना बिद्यार्थी १३ जना शिक्षक भएको बिद्यालयको शिक्षक मै हो। ७ जना बिद्यार्थी र १३ जना शिक्षक हुदा यस्तो चुनौती पुर्ण अवस्थामा म विद्यालयको प्रधानध्यापकमा सिफारीस भए सिफरीस भए पछि मैले एउटा योजना बनाए जुन योजना अनुरुप पहिला हामी प्रचार प्रसारमा गयौ ।बिद्यालयलाई कसरी अगाडी बढाउने भनेर १३ जना शिक्षक ७ जना बिद्यार्थी हुदा हामी एउटा अविभावकको घरमा तिन पटक सम्म पुगियो तर पनि अविभावकहरु ऋाफ्ना बालबालिका पढाउन नमान्ने अवस्था रहेको थियो ।तर आज आएर विद्यालयको व्यवस्थापन गुणस्तर युक्त शिक्षाले गर्दा अविभावकरुले ढुक्क भएर आफ्ना बालबालिकाहरु पढाउन पठाउनु भएको छ । हामीले धेरै कुरामा प्रत्तिवद्धता जनायौं। धेरै कुरामा सुर्यविनायक नगरपालिका वडा कार्यालयले पनि टेवा पुर्याएको हुँदा हालसम्म आईपुग्दा ७ जनाबाट ५६ जना बिद्यार्थीहरुलाई अध्यापन गराउदै आएका छौं ।सोही वर्ष हामीले ८६ जना विद्यार्थी भर्ना गरायौ । यो भर्ना हामीले भन्दा पनि अविभावकहरुले हामीलाई विश्वास गरेर आफ्ना नानी बाबु हाम्रो बिद्यालयमा पठाउनु भयो ।व्यवस्थापन समिति ,वडा कार्यालय र सबैको साथ सहयोगले गर्दा बिगतको जस्तो व्यवस्थापन छैन र बिद्यालयल प्रगती तर्फ अगाढी बढेको छ ।

तपाइको बिद्यालयले दिएकोे शिक्षा गुणस्तर युक्त छ कि छैन ?

हामीलाई त लाग्छ हामीले दिएको शिक्षा गुणस्तर युक्त नै छ ।तर यो करेक्सन गर्ने काम अविभावकहरुको हो र म बारम्बार भन्ने गर्छु ,तपाईहरु सकृय हुनु भनेर म पटक पटक भन्ने गर्छु र मलाई लाग्छ हामीले दिएको शिक्षा गुणस्तर युक्तनै छ भन्ने कुरामा म विस्वस्त छु ।

सरकारी बिद्यालयका शिक्षकहरुलाई सजाय र पुरस्कारको एथेष्ट व्यवस्थापन नहुदाँ पठन पाठनको स्तर खस्केको कुरामा तपाई सहमत हुनुहुन्छ ?

एउटा पाटो त्यो पनि हो जस्ले राम्रो काम गर्छ उस्लाई पुरस्कार दिने र जस्ले मैले सरकारी विद्यालयमा पढाको छु यहाँ पढ्ने बालबालिकाहरुको भविस्य जस्तो सुकै होस भनेर पठन पाठनमा हेलचेक्राई गर्ने शिक्षकहरुलाई सजाय पनि हुनु पर्दछ भन्ने मलाई लाग्छ ।

भोलीको दिनमा श्री भैरवी आधारभुत बिद्यालयलाई नमुना यूक्त बनाउन के कस्ता प्रयास गर्नु भएको छ ?

मेरो हरेक समय यो विद्यालयलाई कसरी अगाडी बढाउन सकिन्छ र यो बिद्यालयको कसरी हित हुन्छ भन्ने कुरामै बढि चिन्तित हुन्छु । काठमाण्डौं वल्र्ड स्कुल ,सुर्यविनायक नगरपालिका,नेपाल रेडक्रस सोसाइटी साथै अब्वल भएका सामुदायिक बिद्यालयहरु नि केही भ्रमण गरेको छु र त्यसवाट धेरै कुराहरु सिकेको छु । भोलीको दिनमा श्री भैरवी आधारभुत बिद्यालयलाई टप बिद्यालयको रुपमा पुराउने लक्षमा शिक्षा प्रेमीहरु समाजसेवी व्यक्तिहरु , क्षेत्र नं. २ का सांसद महेश बस्नेत लगायतका थुपै टिमहरु लागी परेका छौ र हामी नमुना युक्त विद्यालय बनाएर नै छाड्छौ ।

तपाईले भन्नु भयो हामीले यस्तो नियम बनाएका छौ कि जो शिक्षक शिक्षिकाले हाम्रो बिद्यालयमा अध्यापन गराउनु हुन्छ उहाँहरु लगायत सम्पुर्ण व्यवस्थापन टिमले नै आफ्ना छोरा छोरी सोही बिद्यालयमा भर्ना गर्नु भएको छ । के यो नियम दिगो रुपमा लागु हुन्छ कि समाजमा देखाउनको लागी मात्र हो?

यो निश्चित कुरा हो धेरै मानिसहरुले मलाई सोधेको प्रश्न पनि यहि हो ।तर यो नियम दिगो रुपको लागि हो ।उहाँहरुले देखावटी हिसावले गर्नु भएको हैन किनकी उहाँहरुको क्षमता त ठुला ठुला बिद्यालयमा पढाउन सक्ने छ ।तर पनि आफ्नो बालबालिकालाई श्री भैरवी आधारभुत बिद्यालयमा भर्ना गर्नु भएको छ । यो व्यवस्थापन टिममा रहेका हरेक व्यक्तिहरु सोही क्षेत्रकै स्थानिय व्यक्तिहरु भएकाले उहाँहरुले देखावटीमा हैन रियालिटिमा काम गर्नु भएको छ ।

राष्ट्रिय शिक्षा पुरस्कार भरखरै प्राप्त गर्नु भएको छ तपाईलाई बधाई र यो राष्ट्रिय शिक्षा पुरस्कार कसरी प्राप्त गर्नू भयो र कस्ता कस्ता शिक्षकले यो पुरस्कार पाउन सक्छन् ?

धन्यवाद, यो पुरस्कार पाउनको लागी काम गरेको थिइन ।एउटा बिग्रिसकेको बिद्यालयलाई बनाउँछु भन्दा सबैले साथ दिनु भयो काम गर्ने क्रममा बिद्यालयका चुनौतीहरुलाई सामना गर्दै गएँ । एउटा सुचना प्रकासित भएको रहेछ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवहान गरेको दरख्स्त फारम भर्ने क्रममा मैले एकदम चिन्तन मनन गरे । फारममा लेखिएका सबै क्राईटेरियाहरु पुरा गरेको थिए र सबै जना व्यवस्थापन टिमको साथ सहयोग र सल्लाहले फारम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बुझाँए र पुरस्कारको लागी दावी गरे र पुरस्कार जिते पनि ।धेरै हर्षित छु र म मात्रै होइन सबै बिद्यालय व्यवस्थापन टिम यो पुरस्कारको बिजेता हुनुहुन्छ ।सबैलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ,सबैको साथ सहयोगले आज श्री भैरवी आधारभुत बिद्यालयको मुहार फेरिएको छ । राम्रो व्यवस्थापन टिम आएको छ र भोलीको दिनमा यो टिमले श्री भैरवी आधारभुत बिद्यालयलाई उत्कृष्ट बनाउने कुरामा म ढुक्क छु ।

प्रतिकृया