• ५ असार २०८३, शुक्रबार
  • १:१८ बेलुका

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ असार ५ गते, शुक्रबार ०९:१६

५ असार २०८३ काठमाडौं – देशमा हाल पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी प्रदेश तथा अन्य प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षासमेत भइरहेको छ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भाग, लुम्बिनी प्रदेशको हिमाली क्षेत्र तथा कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। विभागका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

Kamana Sewa

यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

Classic Tech Desktop

विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहरको प्रभाव रहने तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

प्रतिकृया