• १९ साउन २०८३, मंगलबार
  • ३:५७ बेलुका

मधेसमा किन सधैं गोली चलाइन्छ ? सांसद अमरेश सिंहको सरकारलाई प्रश्न

प्रकाशित मिति

२०८३ श्रावण १९ गते, मंगलवार ०२:३५

१९ साउन २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले मधेसमा आन्दोलन वा तनाव उत्पन्न हुँदा राज्यले सोझै गोली चलाउने प्रवृत्तिको विरोध गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद सिंहले तराई–मधेसमा भएका पछिल्ला हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै अहिलेको आवश्यकता समुदायबीचको द्वन्द्व नभई गरिबी, पछौटेपन र असमानताविरुद्धको लडाइँ भएको बताए।

उनले मधेसमा हुने प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्ने शैलीमाथि प्रश्न उठाउँदै, “मधेसमा जहिले पनि केही हुँदा गोली मात्र किन चल्छ ? लाठी र अश्रुग्यास किन प्रयोग हुँदैन ?” भन्दै सरकारसँग जवाफ मागे। उनले सुरक्षाकर्मीले एसएलआर हतियार प्रयोग गर्ने अभ्यासमाथि पनि आपत्ति जनाए।

Kamana Sewa

सांसद सिंहले सुरक्षा निकायमा मधेसी समुदायको प्रतिनिधित्व न्यून भएकाले मधेसमा सुरक्षाकर्मी परिचालन हुँदा स्थानीयमा असहज मनोविज्ञान सिर्जना हुने दाबी गरे। साथै, सरकारले सुरक्षा परिचालनमा जति प्राथमिकता दिएको छ, शिक्षा, स्वास्थ्य र विकासमा त्यति ध्यान नदिएको आरोप लगाए।

Classic Tech Desktop

उनले मधेसका समस्या बल प्रयोगबाट होइन, संवाद, विकास र समावेशी नीतिमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै सरकारलाई संयमित भएर अघि बढ्न आग्रह गरे।

प्रतिकृया