• ५ असोज २०८३, सोमबार
  • २ः०३ दिउँसो

नेपालमा नेपाली सेनाबाहेक अर्को सेना स्वीकार्य छैन: सांसद हर्कराज राई

प्रकाशित मिति

२०८३ श्रावण १९ गते, मंगलवार ०२:३८

१९ साउन २०८३ काठमाडौं – श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशको सुरक्षा अवस्था, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै नेपालमा नेपाली सेनाबाहेक अन्य कुनै पनि सेनाको अस्तित्व स्वीकार्य नहुने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले पछिल्लो समय विभिन्न नाममा समूह गठन गरी ‘सेना’को दाबी गर्ने प्रवृत्ति र त्यस्ता समूहसँग सरकारले वार्ता गर्ने अभ्यासप्रति आपत्ति जनाए। उनले यस्ता समूहलाई वार्ता होइन, कानुनी दायरामा ल्याएर नियन्त्रण गर्नुपर्ने धारणा राखे।

National Life

सांसद राईले २०८३ साउन ५ गते जनकपुर भ्रमणका क्रममा आफूलाई प्रवेश गर्न रोक्ने प्रयास भएको र आफ्ना सहयोगीमाथि कुटपिट भएको घटनासमेत संसदमा उठाए। उक्त घटनामा कारबाहीको माग गर्दै आफूले गृहमन्त्रीसँग प्रत्यक्ष रूपमा कुरा गरेको भए पनि हालसम्म प्रभावकारी कारबाही नभएको उनले गुनासो गरे।

त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति संसदको अभिलेखबाट अझै हटाइएको छैन भन्दै उनले असन्तुष्टि जनाए। उक्त अभिव्यक्ति सच्याउन उनले सरकारसँग माग गरे।

Classic Tech Mobile
Classic Tech Desktop

सांसद राईले सरकार कुनै पनि घटना घटिसकेपछि मात्र सक्रिय हुने तर घटना हुनुअघि आवश्यक सतर्कता र रोकथाममा ध्यान नदिने गरेको आरोप समेत लगाए।

प्रतिकृया