• १९ साउन २०८३, मंगलबार
  • ३:५७ बेलुका

म मुस्लिम हुँ, तर हिन्दू राष्ट्र र धार्मिक सद्भावको पक्षमा छु: राप्रपाका सांसद ताहिर भाट

प्रकाशित मिति

२०८३ श्रावण १९ गते, मंगलवार ०२:४४

१९ साउन २०८३ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले सुनसरी र मधेशमा देखिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले आफू मुस्लिम समुदायबाट आए पनि हिन्दू राष्ट्र र सर्वधर्म सद्भावको पक्षमा रहेको बताए। उनले सुनसरी घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे।

भाटले भगवद्गीता र कुरानका सन्देश उद्धृत गर्दै दुवै धर्मले सम्पूर्ण मानव समुदायको कल्याण, शान्ति र सहअस्तित्वको शिक्षा दिने उल्लेख गरे। उनका अनुसार कुनै पनि धर्मले विभाजन वा घृणाको सन्देश दिँदैन।

Kamana Sewa

प्रतिपक्षी दलका सांसद भए पनि उनले गृहमन्त्री सुधन गुरुङले मधेशमा तनाव बढिरहेका बेला प्रभावित क्षेत्रमा पुगेर संवाद र समस्या समाधानको प्रयास गरेको भन्दै प्रशंसा गरे। सांसद भाटले राप्रपाले उठाउँदै आएको हिन्दू राष्ट्रको अवधारणा कुनै समुदायविरुद्ध नभई सबै धर्मबीच सम्मान, सहिष्णुता र सद्भाव कायम गर्ने उद्देश्यका लागि रहेको स्पष्ट पारे।

Classic Tech Desktop

उनले नेपालको मुस्लिम समुदायले सधैं राष्ट्रिय एकता र अखण्डताको पक्षमा योगदान दिएको उल्लेख गर्दै साम्प्रदायिक सद्भाव बिग्रन नदिन सबै राजनीतिक दल, समुदाय र नागरिकलाई संयमित हुन आग्रह गरे।

प्रतिकृया