• ७ असोज २०८३, बुधबार
  • १२ः५५ राती

बागमतीमा नयाँ मन्त्री नियुक्त, शैलेन्द्रमान बज्राचार्यले लिए शपथ

प्रकाशित मिति

२०८३ श्रावण १९ गते, मंगलवार ०४:५८

१९ साउन २०८३ काठमाडौं – बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान बज्राचार्यले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उनलाई शपथ गराएका हुन्। बज्राचार्य हाम्रो नेपाली पार्टी (हानेपा)का तर्फबाट सरकारमा सहभागी भएका हुन्।

National Life

यसअघि भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मंगलबार पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बज्राचार्यलाई मन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए।

सत्ता साझेदार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ। संविधानअनुसार सरकारले भदौ ५ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएकाले सरकार टिकाउने प्रयासस्वरूप बज्राचार्यलाई मन्त्री बनाइएको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि मुख्यमन्त्री बानियाँले सरकारको निरन्तरताका लागि एमाले, नेकपा, राप्रपा, नेपाल मजदुर किसान पार्टी तथा हाम्रो नेपाली पार्टीसँग औपचारिक रूपमा समर्थन माग्दै पत्राचार गरेका थिए।

प्रतिकृया