• ८ असोज २०८३, बिहीबार
  • १ः४३ राती

कप्तानगञ्ज घटनाका मृतक रवीन्द्र मेहताको शव बुझ्न परिवारको अस्वीकार, गृहमन्त्री गुरुङ अस्पताल जाने तयारी

प्रकाशित मिति

२०८३ श्रावण १९ गते, मंगलवार ०५:०३

१९ साउन २०८३ काठमाडौं – सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएपछि उनका आफन्तहरूले शव बुझ्न अस्वीकार गरेका छन्।

National Life

मृतकका परिवार तथा आफन्तहरूले अस्पताल परिसरमा धर्ना दिँदै गृहमन्त्री सुधन गुरुङ स्वयं उपस्थित भएर आफ्ना माग सम्बोधन गर्नुपर्ने अडान लिएका छन्। उनीहरूले माग पूरा नभएसम्म शव नउठाउने चेतावनी दिएका छन्।

गृहमन्त्री निकट स्रोतका अनुसार, गुरुङ केहीबेरमै त्रिवि शिक्षण अस्पताल पुग्ने तयारीमा छन्। उनी दिउँसो १ बजेदेखि हिन्दु र मुस्लिम समुदायका अगुवाहरूसँग घटनाबारे छलफलमा रहेका थिए। उक्त छलफल सकिएलगत्तै अस्पताल जाने तयारी गरिएको स्रोतले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कप्तानगञ्ज घटनापछि उत्पन्न तनावका बीच मृतकका आफन्त र सरकारबीच सहमति जुटाउने प्रयास जारी रहेको छ।

प्रतिकृया