• १९ साउन २०८३, मंगलबार
  • ४:११ बेलुका

प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्नुपर्ने ७ विषय सार्वजनिक गर्दै नेकपाको सरकारलाई प्रश्न

प्रकाशित मिति

२०८३ श्रावण १९ गते, मंगलवार ०३:०७

१९ साउन २०८३ काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा उपस्थित भएर मुलुकका समसामयिक विषयमा जवाफ दिनुपर्ने भन्दै सात महत्वपूर्ण मुद्दा सार्वजनिक गरेको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै नेकपाकी सांसद बलावती शर्माले प्रधानमन्त्रीले तत्काल सम्बोधन गर्नुपर्ने विषयमा सीमा अतिक्रमण, सुनसरीको साम्प्रदायिक तनाव, बेरोजगारीका कारण युवाको आत्मदाह, सुकुम्बासी समस्या, मिटरब्याज पीडित, लघुवित्त पीडित र आन्दोलनरत स्वास्थ्यकर्मीलगायतका माग रहेको बताइन्।

सांसद शर्माले प्रधानमन्त्रीले सुनसरी घटनापछि टेलिभिजनमार्फत सम्बोधन गरे पनि दुई महिनाभन्दा बढी समयदेखि संसद्मा उपस्थित नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। उनले, “आखिर सिंहदरबारको कोठाभित्र के गरेर बसिराख्नुभएको छ ?” भन्दै प्रधानमन्त्रीको भूमिका माथि प्रश्न उठाइन्।

Kamana Sewa

उनले प्रधानमन्त्री राजनीतिक दलसँग संवाद गर्न नसकेको, कूटनीतिक सम्बन्ध सुदृढ बनाउन नसकेको र संसद्प्रति उत्तरदायी नदेखिएको आरोप लगाउँदै जनताका गम्भीर समस्यामा सरकार मौन बसेको टिप्पणी गरिन्।

Classic Tech Desktop

साथै, व्यापारीलाई अनावश्यक दुःख दिने गतिविधि भइरहेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन्।

प्रतिकृया