• १ असोज २०८३, बिहीबार
  • ६ः०४ बेलुका

श्रावणको तेस्रो सोमबार: पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

प्रकाशित मिति

२०८३ श्रावण १८ गते, सोमबार ०९:१९

१८ साउन २०८३ काठमाडौं – चान्द्रमानअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयमा दर्शनार्थीको उल्लेख्य भीड लागेको छ।भक्तजनको सहज दर्शनका लागि पशुपति क्षेत्र विकास कोषले मन्दिरका चारै ढोका खुला गरेको छ। साथै, बोलबम यात्रीका लागि विशेष व्यवस्थासमेत गरिएको छ।

National Life

दर्शन व्यवस्थापनलाई सहज बनाउन मन्दिर प्रवेशका लागि चार वटा छुट्टाछुट्टै लामको व्यवस्था गरिएको कोषले जनाएको छ। पशुपतिनाथसँगै गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर मन्दिर, डोलेश्वर महादेव मन्दिर तथा वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिर लगायत राजधानीका ठूला–साना शिव मन्दिरमा पनि बिहानैदेखि श्रद्धालुको लाम लागेको छ।

श्रावण महिनाका सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने धार्मिक परम्परा रहेकाले प्रत्येक सोमबार देशभरका शिवालयमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया