• १ असोज २०८३, बिहीबार
  • ९ः३१ राती

आज राष्ट्रिय सभा बैठक बस्दै

प्रकाशित मिति

२०८३ श्रावण १८ गते, सोमबार ०९:१५

१८ साउन २०८३ काठमाडौं – राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ।

National Life

त्यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ राष्ट्रिय सभामा पेश गर्ने कार्यसूची तय भएको छ।

आजको बैठकमा यी प्रतिवेदनमाथि आवश्यक जानकारी प्रस्तुत गरिने तथा संसद्को नियमित कार्यसूचीअनुसार अन्य विधेयक तथा संसदीय कार्यहरू पनि अघि बढाइने अपेक्षा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया