• ३ असोज २०८३, शनिबार
  • ३ः३० दिउँसो

भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?

प्रकाशित मिति

२०८३ श्रावण १९ गते, मंगलवार १२:०१

१९ साउन २०८३ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा अपराह्न १२:३० बजे बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।

National Life

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, आसन्न महाधिवेशनको तयारी, पार्टीका सबै तहका अधिवेशन लगायतका विषयमा विस्तृत छलफल हुनेछ।

राप्रपाले आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तयारी गरिरहेको छ। सोही तयारीलाई प्रभावकारी बनाउन बैठकमा आवश्यक रणनीति र कार्यक्रमबारे निर्णय हुने अपेक्षा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया