• ४ असोज २०८३, आइतबार
  • ८ः५० बिहान

कप्तानगञ्ज घटनाः उपचाररत अर्का घाइतेको मृत्यु, मृतक संख्या तीन पुग्यो

प्रकाशित मिति

२०८३ श्रावण १९ गते, मंगलवार १२:३६

१९ साउन २०८३ काठमाडौं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भएका अर्का एक युवाको पनि उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

National Life

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत २२ वर्षीय रवीन्द्र मेहताको मंगलबार मृत्यु भएको हो।

यसअघि हिन्दु र मुस्लिम समुदायबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, घटनापछि भएको विरोध प्रदर्शनका क्रममा सिराहामा प्रहरीको गोली लागेर अर्का एक युवाको पनि ज्यान गएको थियो। कप्तानगञ्ज घटनापछि उत्पन्न तनावका कारण सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया