• ४ असोज २०८३, आइतबार
  • ३ः२५ राती

राष्ट्र बैंक सञ्चालक समिति ७ सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव

प्रकाशित मिति

२०८३ श्रावण १९ गते, मंगलवार १२:४५

१९ साउन २०८३ काठमाडौं –अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आकार हाल कायम रहेको सात सदस्यीय नै राख्न उपयुक्त हुने प्रस्ताव गरेको छ।प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा अर्थसचिव डा. घनश्याम उपाध्यायले राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावबारे मन्त्रालयको धारणा प्रस्तुत गर्दै प्रस्तावित नौ सदस्यीय संरचनाभन्दा सात सदस्यीय समिति बढी छरितो र प्रभावकारी हुने बताए।

National Life

उनका अनुसार समितिलाई समावेशी बनाउन नियुक्त हुने तीन सदस्यमध्ये कम्तीमा एक जना महिला अनिवार्य गर्ने व्यवस्था गर्न सकिने प्रस्ताव पनि मन्त्रालयले अघि सारेको छ। अर्थ मन्त्रालयले डेपुटी गभर्नरको संख्या पनि हालकै दुई जनामा सीमित राख्नुपर्ने धारणा व्यक्त गरेको छ। अर्थसचिव उपाध्यायले राष्ट्र बैंकको वर्तमान कार्यबोझ र जनशक्ति विश्लेषणका आधारमा दुई डेपुटी गभर्नर पर्याप्त रहेको बताए।

उनले डिजिटल बैंकिङ विस्तारसँगै उपलब्ध जनशक्ति हालका लागि पर्याप्त रहेको उल्लेख गर्दै भविष्यमा कार्यबोझ बढे संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणमार्फत दरबन्दी व्यवस्थापन गर्न सकिने, तर ऐनमै संख्या बढाउने व्यवस्था आवश्यक नरहेको स्पष्ट पारे।

Classic Tech Mobile
Classic Tech Desktop

अर्थसचिवले सञ्चालक समितिमा अर्थसचिव पदेन सदस्य रहने वा नरहने विषयमा भने समितिमा छलफल जारी रहेको जानकारी दिएका छन्।

प्रतिकृया