• ४ साउन २०८३, सोमबार
  • ३:२६ बिहान

जेनजी आन्दोलनका क्षति: निर्जीवन बीमा कम्पनीहरूमा २३ अर्ब ४४ करोडको दाबी

प्रकाशित मिति

२०८२ मंसिर २४ गते, बुधबार ०९:५५

मंसिर २४, २०८२ काठमाडौं— भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको कारण निर्जीवन बीमा कम्पनीहरूमा करिब २३ अर्ब ४४ करोड रुपैयाँ बराबरको दाबी परेको छ। कुल ३,३०० बीमाबाट दाबी दर्ता भएको बीमा समितिले जनाएको छ।

यसअघि नै बीमा कम्पनीहरूले अग्रिमसहित करिब ४ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी गरिसकेका छन्। क्षतिपूर्तिको क्षेत्रगत विवरणमा सम्पत्ति बीमा ७१० दाबीमध्ये १९ अर्ब १ करोड दाबी रकममध्ये करिब ३ अर्ब १२ करोड २७ लाख भुक्तानी भुक्तानी भएको छ ।

Kamana Sewa

मोटर बीमा २,३०८ दाबीमा ३ अर्ब ४८ करोड दाबी रकममध्ये करिब १ अर्ब ९ करोड भुक्तानी भुक्तानी भएको छ ।इञ्जिनियरिङ/ठेक्का जोखिम २२५ दाबीमा ५५ करोड ५५ लाख दाबी रकममध्ये करिब ६ करोड ८१ लाख भुक्तानी भएको छ ।

Classic Tech Desktop

परिवहन बीमा १२ दाबीमा १ करोड ६९ लाख दाबी रकममध्ये करिब ६६ लाख भुक्तानी भएको छ । अन्य बीमा ४५ दाबीमा ३८ करोड ४० लाख दाबी रकममध्ये करिब ४९ लाख भुक्तानी भएको छ ।

यस्तै, नेपाल पुनर्बीमा कम्पनीले पुनर्बीमा दाबीका रूपमा निर्जीवन बीमा कम्पनीहरूलाई करिब २ अर्ब ५६ करोड अग्रिमसहित भुक्तानी गरिसकेको छ। पुनर्बीमा कम्पनीमा १४ निर्जीवन बीमकबाट २,८६१ दाबी परेका छन्, जसको दाबी रकम करिब १५ अर्ब ८१ करोड छ।

क्षति मूल्यांकन र दाबी भुक्तानी प्रक्रिया अझै जारी छ।

प्रतिकृया