स्वास्थ्य मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु
प्रकाशित मिति
२०८२ मंसिर २४ गते, बुधबार १०:०७
मंसिर २४, २०८२ काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि सिंहदरबारबाट सेवा प्रवाह पुनः सुरु गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै रामशाहपथस्थित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट सञ्चालित मूलभूत सेवाहरू मङ्सिर २३ गतेदेखि सिंहदरबारमा सारेर सञ्चालन गरिएको जनाएको छ।
सूचनामा मन्त्रालयले केही महाशाखा, शाखा र एकाइका सेवाहरू भने अहिले पनि साबिककै स्थान—रामशाहपथ—बाट नै निरन्तर प्रवाह भइरहेको र छिट्टै ती सबै सेवाहरू पनि आवश्यक व्यवस्थापछि सिंहदरबारमै एकीकृत रूपमा सञ्चालन हुने जानकारी दिएको छ।

रामशाहपथस्थित मन्त्रालयको भवनमा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि मन्त्रालयको सेवा अस्थायी रूपमा स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट प्रवाह हुँदै आएको थियो। अब चरणबद्ध रूपमा सबै काम सिंहदरबारमै केन्द्रित गरिने मन्त्रालयले जनाएको छ।

Related
Recent News
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
- त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया