• ३१ भदौ २०८३, बुधबार
  • ७ः२५ बेलुका

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रमसहित मनाइँदै

प्रकाशित मिति

२०८२ मंसिर २४ गते, बुधबार ०९:३८

मंसिर २४, २०८२ काठमाडौं— आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विश्वभर विभिन्न कार्यक्रमहरू गरेर मनाइँदैछ। हरेक वर्षझैँ डिसेम्बर १० मा मनाइने यो दिवस मानव अधिकारको रक्षा र प्रवर्धनका लागि महत्वपूर्ण मानिन्छ।

National Life

यस वर्ष दिवसको विषयवस्तु ‘हाम्रा दैनिक आवश्यकताहरू’ रहेको छ, जसले मानव अधिकारका मूल्यहरूलाई पुनः पुष्टि गर्ने तथा दैनिक जीवनमा मानव अधिकारको भूमिकाबारे जनचेतना बढाउने उद्देश्य राखेको छ।

संयुक्त राष्ट्रसंघले सन् १९४८ डिसेम्बर १० मा विश्वव्यापी मानव अधिकार घोषणापत्र जारी गरे पनि औपचारिक रूपमा भने सन् १९५० देखि यो दिवस मनाउन थालिएको हो। त्यसपछि महासभाले ४२३ (V) नम्बरको प्रस्ताव पारित गर्दै सदस्य राष्ट्र तथा सरोकारवाला संस्थालाई प्रत्येक वर्ष डिसेम्बर १० मनाउन आह्वान गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

मानव अधिकारको सार्वभौमिक घोषणा हाल ५०० भन्दा बढी भाषामा उपलब्ध छ, जसले यस दिवसको वैश्विक महत्व झनै स्पष्ट बनाउँछ।

प्रतिकृया