• ४ साउन २०८३, सोमबार
  • १:३२ बिहान

जेनजी आन्दोलनका कारण २३ अर्बभन्दा बढीको बीमा दाबी, कुन कम्पनीमा दाबी?

प्रकाशित मिति

२०८२ आश्विन २६ गते, आईतवार ०९:४६

असोज २६, २०८२ काठमाडौं– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण मुलुकभर भएका तोडफोड र आगजनीबाट हालसम्म २३ अर्ब २२ करोड ७८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूले एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँको बीमा भुक्तानी गरिसकेका छन्।

बीमितलाई रकम सहज र शीघ्र रूपमा उपलब्ध गराउन प्राधिकरणले सक्रियता देखाएको जनाउँदै, बीमा कम्पनीहरूले अग्रिम भुक्तानी पनि गरेका छन्। हालसम्म कुल ३,०९९ वटा बीमा दाबी आवेदन परेका छन्।

Kamana Sewa

हालसम्म कुल तीन हजार ९९ बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । कुल दाबीमध्ये सम्पत्ति बीमा छ सय ५३, मोटर बीमा दुई हजार २०६, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा एक सय ९०, परिवहन बीमा १२ र अन्य बीमा ३८ रहेका छन् ।

Classic Tech Desktop

त्यसैगरी, कोशी प्रदेशमा तीन सय ९६, मधेसमा तीन सय ५५, वाग्मतीमा एक हजार ६६९, गण्डकीमा दुई सय १२, लुम्बिनीमा दुई सय ४६, कर्णालीमा २२ र सुदूरपश्चिम प्रदेशमा एक सय ९९ बीमा दाबीको आवेदन परेको छ । प्राधिकरणका अनुसार यो विवरण यही असोज २३ गतेसम्मको हो ।

प्राधिकरणका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सबैभन्दा बढी पाँच अर्ब ६१ करोड ४४ लाखबराबरको बीमा दाबीको आवेदन परेको छ । सो कम्पनीले ५९ करोड ४४ लाखबराबरको रकम बीमितलाई भुक्तानी गरेको छ । त्यसैगरी, दी ओरियण्टल इन्स्योरेन्समा पाँच अर्ब २४ करोड ४७ लाखबराबरको बीमा दाबीको आवेदन परेको छ । सो कम्पनीले पाँच लाख ७० हजारबराबरको रकम भुक्तानी गरेको छ ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा दुई अर्ब ७५ करोड ९७ लाखबराबरको बीमा दाबीको आवेदन परेको छ । सो कम्पनीले ३० करोड ४३ लाखबराबरको रकम बीमितलाई वितरण गरेको छ । शिखर इन्स्योरेन्समा दुई अर्ब ४० करोड ८६ लाखबराबरको बीमा दाबी भएको छ । सो कम्पनीले ३१ करोड ९४ लाखबराबरको रकम उपलब्ध गराएको छ ।

बीमा प्राधिकरणका अनुसार निजी संरचनाको हकमा बीमा भए पनि सरकारी तथा सार्वजनिक सम्पत्तिको बीमा नगरेको अवस्था फेला परेको छ। हाल मुलुकभर माइक्रो इन्स्योरेन्स कम्पनीसहित १८ निर्जीवन बीमा कम्पनीहरू सञ्चालनमा छन्।

प्रतिकृया