• ५ असोज २०८३, सोमबार
  • ६ः३४ बेलुका

विपिन जोशीसहित २२ बन्दी गाजामा जीवितै रहेको इजरायलको विश्वास

प्रकाशित मिति

२०८२ आश्विन २६ गते, आईतवार ०९:५४

असोज २६, २०८२ काठमाडौं– हमासद्वारा अपहरणमा परेका २२ बन्दीमध्ये नेपाली युवा विपिन जोशी पनि जीवितै रहेको इजरायलको विश्वास छ। वासिङ्टन पोस्टले एपीको सहयोगमा तयार पारेको समाचार अनुसार, इजरायली अधिकारीहरूले जोशीसहित २२ जना अझै गाजामै जीवित रहेको ठानेका छन्।

National Life

२४ वर्षीय विपिन जोशी आक्रमण हुनु एक महिनाअघि मात्र कृषि अध्ययनका लागि इजरायल गएका थिए। उनी गाजा सीमा नजिकको किब्बुट्ज अलुमिममा अध्ययन गर्दै थिए। हमासको आक्रमणमा सोही कार्यक्रममा सहभागी १७ नेपालीमध्ये १० जनाको मृत्यु भएको थियो भने विपिन अपहरणमा परेका थिए। इजरायलको रिपोर्ट अनुसार हाल गाजामा ४८ जना बन्दक रहेका छन्, जसमा विपिन एकमात्र गैर-इजरायली बन्दक हुन्।

युद्धविराम सुरु भएसँगै ७२ घण्टाभित्र बन्दीहरू फिर्ता हुने अपेक्षा गरिएको छ। तर हमासले सबैलाई तोकिएको समयमा हस्तान्तरण गर्न नसकिने भन्दै थप समय मागेको छ। आज विपिन अपहरणमा परेको ३३७ दिन पुगेको छ। उनका परिवारले नेपाल र इजरायलमा दवाव र समर्थनका गतिविधिहरू जारी राखेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया