• ४ असोज २०८३, आइतबार
  • २ः५७ राती

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ आजदेखि खुला

प्रकाशित मिति

२०८२ आश्विन २६ गते, आईतवार ०९:२५

असोज २६, २०८२ काठमाडौं– श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज असोज २६ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन खुला गरेको छ। कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा २५ लाख १० हजार ४९३ कित्ता सेयर सार्वजनिक निष्कासनमार्फत जारी गर्न लागेको हो।

National Life

नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त अनुसार, कम्पनीले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो। यसअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि ३ लाख ९ हजार ९३८ कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १ लाख ६३ हजार १२५ कित्ता सेयर पहिले नै निष्कासन गरिसकिएको छ।

अब बाँकीमध्ये सामूहिक लगानी कोष (म्युचुअल फन्ड) लाई १ लाख ५४ हजार ९६९ कित्ता र कम्पनीका कर्मचारीलाई १ लाख २३ हजार ९७५ कित्ता सेयर छुट्याइएको छ। बाँकी रहेका २५ लाख १० हजार ४९३ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। सर्वसाधारणका लागि आवेदन दिने अन्तिम मिति असोज २९ गते तोकिएको छ। यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा भने म्याद कात्तिक १० गतेसम्म लम्बिन सक्नेछ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड ले लिएको छ।

प्रतिकृया