• ४ असोज २०८३, आइतबार
  • ५ः४४ बिहान

बाढीपहिरो प्रभावित इलाममा मन्त्री घिसिङको स्थलगत निरीक्षण, राहत र पुनर्निर्माण सरकारको प्राथमिकतामा

प्रकाशित मिति

२०८२ आश्विन २५ गते, शनिबार ०३:०८

असोज २५, २०८२ काठमाडौं– भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको मुख्य प्राथमिकता राहत र पुनर्निर्माण रहेको बताएका छन्। शनिबार बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षण गर्दै उनले भने, “सरकार प्रभावित नागरिकसँगै छ, तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ।”

National Life

मन्त्री घिसिङले रोङ गाउँपालिका, सूर्योदय नगरपालिका हुँदै इलाम नगरपालिका–१० राजदुवाली लगायतका क्षेत्रमा पुगेर स्थानीयसँग क्षति, राहत र संरचना पुनर्निर्माणको अवस्थाबारे जानकारी लिए।

उनले राजदुवाली सडक, मिल घुम्ती लगायत क्षतिग्रस्त संरचनाहरूको पनि अवलोकन गरे। असोज १८ गते रातिको भीषण वर्षापछि आएको बाढीपहिरोले अहिलेसम्म इलाममा ३९ जनाको ज्यान गएको छ। सरकारले इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया