• ४ साउन २०८३, सोमबार
  • ७:२४ बेलुका

महिला राष्ट्रिय क्रिकेट टिमका लागि मुख्य प्रशिक्षक माग

प्रकाशित मिति

२०८२ आश्विन २५ गते, शनिबार ०३:०४

असोज २५, २०८२ काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय क्रिकेट टिमका लागि मुख्य प्रशिक्षक नियुक्त गर्न आवेदन आह्वान गरेको छ। शनिबार सार्वजनिक सूचनामार्फत क्यानले ECB वा CA लेभल–३ कोर्स उत्तीर्ण तथा कम्तीमा पाँच वर्षको व्यावसायिक अनुभव भएका व्यक्तिहरूलाई आवेदन दिन अनुरोध गरेको हो।

आवेदन दिनको अन्तिम मिति अक्टोबर २५ तोकिएको छ। क्यानले आगामी जनवरीमा काठमाडौंमा आयोजना हुने महिला टी–२० विश्वकप ग्लोबल छनोटलाई लक्षित गर्दै प्रशिक्षकको नियुक्ति प्रक्रिया अघि बढाएको जनाएको छ।

Kamana Sewa

प्रतिकृया