बागमती सभामुख चयनमा तीव्र रस्साकस्सी, ३ दलको दाबी
प्रकाशित मिति
२०८२ आश्विन २५ गते, शनिबार ०२:२८
असोज २५, २०८२ काठमाडौं– बागमती प्रदेश सभाको रिक्त सभामुख पद पूर्ति गर्न सरकारले तयारी थालेको छ। नेपाली कांग्रेस र नेकपा एमाले बीच सभामुख चयनबारे औपचारिक संवाद भएको छ।
सभामुख भुवनकुमार पाठकले गत १ असोजमा राजीनामा दिएपछि पद रिक्त भएको हो। त्यसयता प्रदेश सभा सञ्चालन ठप्प छ भने संसद भवनसमेत आगलागीले क्षतिग्रस्त भएकाले सञ्चालन स्थानबारे अन्योल छ। सरकारले दिपावलीअघि नै अस्थायी रूपमा सभा सञ्चालन गर्ने तयारी गरेको छ। शुक्रबार हेटौंडामा बसेको कांग्रेस र एमाले संसदीय दलको बैठकमा यसबारे छलफल भएको हो।
कानुनी प्रावधान अनुसार १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने भएकाले प्रक्रिया तीव्र पारिएको छ। कांग्रेस र एमाले दुवैले सभामुखमा दाबी प्रस्तुत गरेका छन् भने माओवादी केन्द्रले सरकार बाहिरको दललाई सभामुख दिनुपर्ने माग राखेको छ।
सभामुख चयनका लागि दलहरूबीच विवादरहित सहमति खोज्ने प्रयास भइरहेको कांग्रेस र एमाले नेताहरूले जनाएका छन्।






प्रतिकृया