• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्री

प्रकाशित मिति

२०८२ श्रावण ८ गते, बिहीबार ०९:४२

श्रावण ८,२०८२ काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४५ हजार ३४० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी उमेश लाल श्रेष्ठको नाममा रहेका ४४ हजार ५५० कित्ता र लजना श्रेष्ठको नाममा रहेका ८८० कित्ता शेयर बिक्री गर्न लागेको हो।

कम्पनीका अनुसार नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार यी शेयरहरू कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र बिक्री खुला गरिएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालयमा निवेदन दिई उक्त शेयर खरिद गर्न सक्नेछन्।

Kamana Sewa

यदि तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

Classic Tech Desktop

प्रतिकृया