प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्री
प्रकाशित मिति
२०८२ श्रावण ८ गते, बिहीबार ०९:४२
श्रावण ८,२०८२ काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४५ हजार ३४० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी उमेश लाल श्रेष्ठको नाममा रहेका ४४ हजार ५५० कित्ता र लजना श्रेष्ठको नाममा रहेका ८८० कित्ता शेयर बिक्री गर्न लागेको हो।

कम्पनीका अनुसार नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार यी शेयरहरू कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र बिक्री खुला गरिएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालयमा निवेदन दिई उक्त शेयर खरिद गर्न सक्नेछन्।
यदि तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया