• ४ साउन २०८३, सोमबार
  • १:१४ बिहान

गठबन्धन राजनीतिले भ्रष्टाचार बढायो, प्रत्यक्ष कार्यकारी निर्वाचनमा जाऔँः जितेन्द्रनारायण देव

प्रकाशित मिति

२०८० माघ २९ गते, सोमबार ०१:४२

माघ २९, २०८० काठमाडौँ: नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद जितेन्द्रनारायण देवले गठबन्धनले भ्रष्टाचार बढाएको बताउनुभएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनको राजनीति देशका लागि राम्रो नभएको बताउनु भयो । उहाँले एउटा नेताले काम गर्न खोज्दा अर्कोले खुट्टा तान्ने काम गरेको बताउनु भयो । उहाँले प्रत्यक्ष कार्यकारी निर्वाचनमा जानुपर्ने बताउनु भयो । उहाँले आजको राष्ट्रिय परिस्थिति चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको भन्दै सबै राजनीतिक दलहरुले यसमा सोच्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनको राजनीति, अहिलेको गठबन्धनलाई मात्रै म भन्दिनँ । गठबन्धनले भ्रष्टार बढायो । एउटा नेताले काम गर्न खोज्छ, अर्को नेताले खुट्टा तान्छ । त्यसकारण कार्यकारी प्रत्यक्ष निर्वाचन गर्नेगरी संविधानमा संशोधन गर्ने हो की । जो आउँछ ५ वर्ष काम गर्छ, काम गरेन भने जनताले नै सजाय दिन्छन् । आजको राष्ट्रिय परिस्थिति अत्यन्त चुनौतिपूर्ण छ । अत्यन्त गम्भीर छ । संकटपूर्ण छ । हामी जसजसले जुनजुन राजनीतिक शक्तिहरु मिलेर आजको यो संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक ढाँचा खडा गरेर समाजवादति उन्मुख हुने प्रतिवद्धता जाहेर गरेका छाँै । ती सम्पूर्ण राजनीतिक शक्तिहरुका लागि एउटा ठूलो चुनौतिको पहाड अघि खडा छ । व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको छ । अस्ति २२ गतेको बैठकमा दलका नेताज्युहरुले जुन ढंगले विदेश पलायनको परिस्थिति राख्नुभयो, र व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको छ भन्ने जुन गम्भीरता र जुन उचाईमा कुराहरु राख्नुभयो ।

Kamana Sewa

आज देशका राजनीतिक नेतृत्वले यो वा त्यो खालि गठबन्धन वा प्रतिपक्ष भन्ने होइन, जो हामी आजको नयाँ परिवर्तन ल्याएका छाँै, त्यो परिवर्तन ल्याउने राजनीतिक नेतृत्वले आज त्यो हाइटबाट सोच्ने की नसोच्ने । व्यवस्थालाई बचाउने की नबचाउने । देशको किवास गर्ने की नगर्ने । जुन सामाजिक न्याय, विकास, समृद्धि र समाजवादको कुरा गरिरहेका छौँ । साँच्चिकै देशलाई त्यतातिर लैजाने की नलैजाने भन्ने प्रश्न छ । त्यसैले आज यो वा त्यो पार्टी राम्रो, हामीले गरेको मात्रै ठिक भन्ने भाष्यमा जानु भन्दा पनि राज्य र देशका लागि के गर्दा राम्रो भन्नेकुरामा ध्यान दिनुपर्छ ।’ उहाँले यो वा त्यो पार्टी भन्दा पनि व्यवस्थाप्रति जिम्मेवार रहन आग्रह गर्नुभयो ।

Classic Tech Desktop

प्रतिकृया