• ४ साउन २०८३, सोमबार
  • ५:३५ बिहान

आइएमई ग्रुपले भूकम्प प्रभावितलाइ एक करोड ५० लाख सहयोग रकम प्रदान गर्ने

प्रकाशित मिति

२०८० कार्तिक २० गते, सोमबार ११:०६

कात्तिक २०, २०८० काठमाडौँ: ग्लोबल आइएमई बैंक, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपबाट प्रर्वधित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत भूकम्पबाट प्रभावितहरूको लागि एक करोड ५० लाख नगद सहयोग रकम प्रदान गर्ने भएका छन् ।


जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने छ ।

Kamana Sewa

शुक्रवार राती कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठुलो जनधनको क्षति भएको छ । सो क्षेत्रमा आइएमई ग्रुप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग समेत उपलब्ध गराउने छन् ।

Classic Tech Desktop

आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले महाभूकम्प तथा महामारीका समयमा उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यससपटक पनि हर सम्भव सहयोगका लागि जुटेको बताएका छन् ।

प्रतिकृया