• ४ साउन २०८३, सोमबार
  • १:५९ बिहान

एआईको साथमा उद्योगलाई पुनःआकार दिँदैः मोडल र एप्लिकेसनको विशालदायरा प्रस्तुतगर्दै ह्वावे क्लाउड

प्रकाशित मिति

२०८० कार्तिक १४ गते, मंगलवार ११:५३

कात्तिक १४, २०८० काठमाडौँ : ह्वावे कनेक्ट २०२३ मा, ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष श्री काङ निङले कसरी “साझेदारीले नयाँमूल्यको लागिमार्ग प्रशस्त गर्छ”भन्ने बारेमाचर्चा गर्नुभएको छ। आफ्नो मन्तव्यकाक्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउदै भरपर्दो, स्केलेबल एआई कम्प्युटिङ पावरको लागि एससेन्ड एआइ क्लाउड सेवाको घोषणा गरेका छन ।


एससेन्ड मोडल समुदाय र डेभलपर संस्थामा सामेल हुनासाथ साझेदार र विकासकर्ताहरूलाई सशक्तिकरण गर्न र इकोसिस्टमको थप वृद्धि गर्न प्रभावकारी हुने छ । “ह्वावे क्लाउडले सबै प्रकारका आधारभूतमोडलहरू अँगाल्न साथै विश्वव्यापी साझेदारहरू र डेभलपरहरूलाई संलग्न गराउन पूर्ण इकोसिस्टम निर्माण गरेको छ”उनले भने, पंगु मोडलहरूमा नयाँआविष्कार गरौं र एआईको प्रयोग गर्दै उद्योगहरूलाई पुनःआकार दिऔं । ५ लाख डेभलपर र ४२ हजार साझेदारहरू ह्वावे क्लाउड इकोसिस्टममा सामेल भएका छन् भने १० हजारभन्दा बढी एप्लिकेसनहरू ह्वावेको क्लाउड मार्केटप्लेस कूग्यालरीमा जारी गरिएका छन् ।

Kamana Sewa

त्यस्तै २१ हजारभन्दा बढी ग्राहकहरूले पंगु पिओसी परीक्षणको लागि आवेदन दिएका छन् । एससेन्ड एआइ क्लाउड सेवाले ठोस कम्प्युटिङ आधारशीला बनाउछ । यसले बहुमुखी पूर्वाधार, असाधारण प्रदर्शन र विविध स्रोतहरूसहित साझेदारहरू र डिभलपरहरूलाई मोडल माइग्रेसन र प्रशिक्षणमा सशक्त बनाउछ । विशेष गरी यसमामुख्यधाराकाएआई इन्जिनहरू (जस्तै माइन्डस्पोर, ह्वावेको गहिरो सिकाइतालिम र अनुमान ढाँचा) सामेल गरिएको छ त्यसैले डेभलपरहरूले आफ्नाअत्याधुनिक स्टेट अफ द आर्ट (यसओटिए) मोडेलहरू वाअन्यमोडलहरूलाई एससेन्डमा ट्रिलियन प्यारामिटका साथ प्रशिक्षित मोडेलहरू सहित स्थानान्तरण गर्न सक्छन्।

Classic Tech Desktop

ह्वावे क्लाउडले डेभलपरहरूमा ध्यान केन्द्रित गरी खुला ग्लोबल इकोसिस्टम निर्माण गर्ने लक्ष्य राखेको छ र ह्वावे क्लाउड मोडल कम्युनिटी यसको प्रमाण हो । यसमा डेभलपरहरूले गुणस्तर डेटासेटहरू, परिष्कृत स्टेट अफ द आर्ट मोडेलहरू, एआई क्षमताहरू, डेभलपर किटहरू, पाठ्यक्रम र प्राविधिक सहयोगमा पहुँच पाउँछन् ।


ह्वावे क्लाउडले डेभलपरहरूलाई पनि उच्चदक्षताको यात्रामा लैजान्छ। फाउन्डेशनमा मोडल र क्लाउड नेटिभ पाठ्यक्रमहरू ह्यान्ड–अन अनुभवका साथ प्रमाणित र मान्यता प्राप्त गर्ने मौकाको बनाइएका छन् । एक सम्पन्न इकोसिस्टम सिर्जना गर्न ग्राहकहरू र साझेदारहरूको संयुक्तप्रयास पनिआवश्यक छ । ह्वावे क्लाउडले १५० भन्दा बढी साझेदारहरू र २०० भन्दा बढी ग्राहकहरूसँग पंगु एलओे फाउन्डेसन मोडेलहरूमा २० भन्दा बढी उद्योग मोडेलहरू र चार सयभन्दा बढी एआई एप्लिकेसनको विकास गरेको छ । यी उपलब्धिहरूले सबै उद्योगहरूमा थप सम्भावनाको सङ्केत गरिरहेका छन् ।

प्रतिकृया