• १८ साउन २०८३, सोमबार
  • १०:०३ बेलुका

विप्लवनिकट अनेरास्वविु (क्रान्तिकारी) को चौथो बैठकका निर्णय सार्वजनिक, वैज्ञानिक समाजवाद निर्माणको लागि अभियान चलाउने

प्रकाशित मिति

२०७९ असार १३ गते, सोमबार ०५:५२

१३ असार २०७९ काठमाडौंः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले यही असार ११ र १२ गते बसेको संगठनको चौथो पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । अध्यक्ष प्रकाश शाहीको अध्यक्षता र पार्टी प्रवक्ता प्रकाण्ड प्रमुख अतिथि, पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सन ईन्चार्ज चिरन पुन ‘मिलन’ तथा संगठनका सल्लाहकार चिरञ्जीवी ढकालको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त बैठकले वैज्ञानिक समाजवाद स्थापनाको लागि बहस तथा छलफल अघि बढाउने निर्णय गरेको छ ।


बैठकले शिक्षा र स्वास्थ्यमा गरिएको चरम व्यापारीकरण र माफियाकरणविरुद्ध संघर्ष केन्द्रित गर्ने पनि निर्णय लिएको छ । यस्तै, समान, निःशुल्क वैज्ञानिक र अनिवार्य शिक्षाको लागि दबाबमूलक संघर्ष सञ्चालन गर्ने, सरकारी तथा सामूदायिक विद्यालयमा आर्थिक कारणले भाषामा गरिएको विभेदबारे संघर्ष गर्ने अर्को महत्वपूर्ण निर्णयले बैठकले लिएको जनाईएको छ ।संगठनका अध्यक्ष प्रकाश शाहीले युवामा देखिएको लागुऔषध दुव्र्यसनी र प्रतिभा पलायनविरुद्ध अभियान सञ्चालन गर्ने जनाए । निजी विद्यालयहरुले प्रत्येक वर्ष फेर्ने पाठ्यक्रम र सरकारी तथा सामूदायिक विद्यालयमा भइरहेको पाठ्यपुस्तक अभावबारे पनि संघर्ष गर्ने बैठकको निर्णय रहेको शाहीले सुनाए ।

Kamana Sewa

पछिल्लो समय आफूहरु दलाल, भ्रष्टहरुको विरुद्धमा सशक्त आन्दोलनमा उत्रिएको स्मरण गराए । उनले भने,‘हाम्रो ार्टीले भूमाफिीयाविरुद्ध, भ्रष्ट मन्त्रीहरुको विरुद्धमा आन्न्दोलनको नेतृत्व गरेको थियो । सरकारले दबाबस्वरुप हाम्रो पार्टीसँग तीन बुँदे सम्झौता गर्यो । त्यो सम्झौताले नेपाली राजनीतिक समस्यालाई शान्तिपूर्ण तवरले समाधान गर्ने बाटो तय गरेको थियो । सहमतिअनुसार हाम्रा नेता तथा कार्यकर्ताहरुमािथ लगाईएका झुटा मुद्दा खारेज गर्ने कुरा थियो । तर, अहिले सरकारले सहमति कार्यान्वयन गरेन ।’

Classic Tech Desktop

शाहीले अहिलेको सरकारले देशमा तमाम विकृति र विसंगतिको चाङ थोपरेको आरोप लगाए । उनले सदनबाट एमसीसी पास हुँदै गर्दा आफ्नो पार्टी सडकमा उत्रिएको स्मरण गराए । उनले भने,‘भ्रष्टाचार र विकृतिको विरुद्धमा हाम्रो पार्टी र संगठन जीवन र मरणको संघर्ष गर्ने घोषणा गरिसकेको छ, हामी यो देशमा वैज्ञानिक समाजवाद खडा गरेरै छाड्छौं ।’


त्यस्तै, संगठनले वैज्ञानिक समाजवादी शिक्षाको अवधारणाबारे सरोकारवाला सबैको सहभागितामा अन्तरक्रिया गर्नेबारे पनि संगठनको हालैको बैठकले निर्णय लिएको शाहीले सुनाए ।बैठकले लिएका निर्णयहरुमा सरकारी क्याम्पसहरुमा जागिर खाएर निजी कलेज तथा क्याम्पस सञ्चालन गर्नेविरुद्ध संघर्ष गर्ने, सवदेशी सम्बन्धन प्राप्त कलेजहरुलको भर्ना, विद्यार्थी कोटा, शुल्क र आवश्यक मापदण्डबारे शिक्षा मन्त्रालयसँग छलफल गर्ने, मेडिकल शिक्षाको शुल्क, भर्ना प्रक्रियामा चिकित्सा शिक्षा आयोगले गरेको ढिलाईबारे सम्बन्धित निकायको ध्यानाकार्षण गरिने रहेका छन् । राज्यको संरक्षणमा गरिएको प्राकृतिक श्रोत र सधानको अनियन्त्रित दोहनबारे जागरण आन्दोलन गर्ने, देशमा भैरहेको राष्ट्रघात र जनताको विरुद्ध संघर्ष सञ्चालन गरिने, एमसीसी र एसपीपी विरुद्ध संघर्ष गर्ने अन्य निर्णय रहेका छन् ।

प्रतिकृया