• १५ असोज २०८३, बिहीबार
  • १०ः१९ बिहान

नेप्से सामान्य अंकले घट्यो, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार

प्रकाशित मिति

२०८३ श्रावण १८ गते, सोमबार ०३:२४

१८ साउन २०८३ काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.२० अंकले घटेर २,६८४.३३ बिन्दुमा कायम भएको छ। आज ३४९ कम्पनीका १ करोड १४ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

National Life

कारोबारका क्रममा १२६ कम्पनीको शेयर मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

उपसूचकमध्ये व्यापार समूह सर्वाधिक ०.९३ प्रतिशतले घटेको छ। अन्य अधिकांश उपसूचकमा भने सामान्य उतारचढावसहित मिश्रित कारोबार देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया